स्थानीयले गुल्मीको एक गाउँपालिकामा तालाबन्दी गरे
जेठ ४
स्थानीयले मदाने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा अनिश्चतकालिन तालाबन्दी गरेका छन् ।
मदाने गाउँपालिका ६ पुर्कोटको पृथ्वी माविमा गणित बिषयको दरबन्दी परिवर्तन गरेको बिरोधमा तालाबन्दी गरेका हुन् ।
विद्यालय व्यावस्थापन समितिले गाउँ शिक्षा समितिमा छलफल नगरि निर्णय सिधै पालिकामा पठाएको आन्दोलनरत पक्षको आरोप छ । आन्दोलनका अगुवा बाबुराम कुवंरका अनुसार बिद्यालयमा मावि र निमाविमा दुई गणित बिषयको दरबन्दी रहेको छ ।
बिद्यालय प्रशासन र शिक्षको कारण धेरै बर्षदेखि गणित बिषयमा निकै कम बिद्यार्थी उर्तिण हुँदै आएका छन् । प्रशासनले पढाई सुधार गर्नुको साटो बिषयको दरबन्दी परिवर्तन गरेर निकै लज्जास्पद काम गरेको कुवंरले बताए । उनले प्रमुख प्रशासकीय अधिकृत र बिद्यालय निरिक्षकले पनि गाउँपालिका प्रमुखको दवाबमा गलत निर्णय गरेर शिक्षा समन्वय इकाईमा पठाएको बताए । बिद्यालयमा नेपालीका शिक्षक थुप्रै भएपनि आफुहरु अनुकुलको मान्छे भर्ति गर्न गरिएको अनुचित कार्य फिर्ता नभएसम्म ताला नखोल्ने कुवंरले बताए ।