समाचार प्रभाब,गुल्मीको रेसुंगा बिमानस्थलको भद्रगोलमा केही सुधार ।
जेठ ४
केहि दिन अघि पत्रकार टोपलाल अर्यालले रेसुंगा बिमानस्थल भद्रगोल भन्ने समाचार रुरु एफ एम र रेडियो समृद्धी बाट प्रसारण गरेका थिए । जसका कारण नगरपालिकाले यात्रुको सहजताको रेसुङ्गा विमानस्थलमा रेसुङ्गा नगरपालिकाले थप व्यवस्थापन गरेको छ । गत शुक्रबारदेखि नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान थालेपछि नगरपालिकाले विमानस्थलमा यात्रुको सहजताको लाथि थप व्यवस्थापन गरेको हो ।
बिहिबार रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आफै विमानस्थलमा पुगेर सम्भावित जोखिमको न्यूनीकरण र यात्रुहरुको सहजताको लागि व्यवस्थापन गरेको बताए । यसअघि विमानस्थलमा नियमित उडान सुरु भएपनि विमानस्थलको व्यवस्थापन भने बाँकी रहेको थियो ।
एयर कन्ट्रोलरको लागि आवश्यक व्यस्थापन, यात्रुको लागि प्रतिक्षालयको सहज व्यवस्थापन, शौचालयको व्यवस्थापन, यात्रु प्रस्थान र बहिर्गमनको लागि सहज व्यवस्थापन गरिएको छ । सम्भावित जोखिम न्यूनीकरणको लागि दमकल र एम्बुलेन्सको व्यवस्थापन लगायतका विभिन्न व्यवस्थापन विमानस्थलमा रेसुङ्गा नगरपालिकाले गरेको हो ।
गुल्मीबाट हवाई सेवा सुरु भइरहँदा पहिलो चरणमै यात्रुको निकै चाप बढेको छ । १८ सिटे क्षमताको जहाज भएपनि यहाँबाट ६० देखि ७० जना सम्मका यात्रुले सिटको माग गरेको रेसुङ्गा नगरपालिकाले जनाएको छ । यहाँबाट अर्को शुक्रबार सम्म पनि आउने जाने यात्रुका लागि टिकट बुकिङ्क गरिसकेका छन् । रेसुङ्गा नगरपालिकाले विमानस्थलको व्यवस्थापन र यात्रुको चाप बढेपनि हप्तामा दुई दिन उडानको लागि आग्रह गरेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । रेसुङ्गा विमानस्थलमा नियमित उडानको लागि रेसुंगा विमानस्थलले विमानस्थल व्यवस्थापन गरेको छ ।‘‘‘‘‘‘‘।