छत्रकोट गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न ।
जेठ ७
छत्रकोट गाउँपालिका गुल्मीले आर्थिक बर्ष २०७९/८० उपलब्धी सार्वजनिक गर्दै सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
हिजो आईतबार गाउपालिकामा स्थानिय सेवाग्रही र सेवाप्रदायक, गाउपालिकाको पदाधिकारी बिच सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाईमा प्रमुख प्रसासकिय अधिकृत बिर बहादुर पुनले आर्थिक बर्ष २०७९/८० उपलब्धी र योजना कार्यान्वयनको बिषयमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा स्थानिय सेवाग्रहीले कृषिजन्य उत्पादनको बाजारिकरण पालिकाले गरिदिन, निर्माण भएका भौतिक संरचना र निर्माणधिन संरचाना गुणस्तरहिन भएको,सहकारिहरुको अनुगमन नियमन पालिकाले गर्नु पर्ने,राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगितामा बिद्यालयलाई आर्थीकरुपमा समस्या भएको, गाउपालिकाको संग्राहालय पूर्ण नहुदै जिर्ण भएको,मोटरबाटो आवस्यकताको आधारमा बनाउनु पर्ने,रोजगारिको सृजना गर्नु पर्ने, घर नजिकका रुख हटाउने कार्यलाई पूर्ण दिनुपर्ने,तटबन्ध,बिद्यालयका निजिश्रोतका शिक्षकको ब्यवस्थापन,अनुगमनमा सर्वदलिय संयन्त्र बनाउनु पर्ने, पालिकाबाट प्रदान गरिने तालिम ब्यवसायिक हुन नसकेको, जंफुड प्रतिबन्ध गर्नु पर्ने लगायतका बिषयमा प्रश्नोत्तर गरिएको थियो ।
उठेका प्रश्नको गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेय,प्रमुख प्रसासकिय अधिकृत बिर बहादुर पुन र सम्बन्धित शाखाका अधिकारीहरुले जवाफ दिनु भएको थियो ।
प्राप्त जवाफ बाट सन्तुष्टिका बारेमा, सहभागि स्थानियले प्रतिक्रिया दिदै सम्बन्धित सेवाप्रदायक र पालिकाले गरिएका प्रतिबद्धता कार्यान्वयन गर्दै आगामी निति तथा कार्यक्रममा समवेस गरे सन्तुष्टहुने बातावरण बन्ने बताएका थिए ।सहभागिले गत बर्षको भन्दा बेरुजु घटेको,पालिकाको प्रसासकिय भवन निर्माण प्रक्रिया अगाडी बढाएकोे, २ वटा नयाँ एम्बुलेन्स खरिद गरि सुत्केरीको लागि निशुल्क एम्बुलेन्स संचालनमा ल्याएको,बर्षायाममा पहिरोका कारण अवरुद्ध हुने स्थानिय सडक तत्काल सुचारु गर्न डोजर खरिद गरिएको, १५ सैयाको अस्पताल निर्माणको लागि जग्गा प्रप्ती गरेको,पर्यटन प्रवद्धनको लागि जिपलाइन निर्माण प्रक्रिया लगायतका कामहरुको प्रसंसा गरेका थिए ।