बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
जेठ ९
बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर हिजो सोमबार साँझ करिब ७ बजे, ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ । पछिल्लोे समय नेपालको बिभिन्न क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।