कालिदास आत्रेय जेठ १०
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत गुल्मीको छत्रकोट गाउँपालिकामा तीन दिवसीय लेखा तथा खरिद व्यवस्थापन तालिम सुरु भएको छ । छत्रकोट गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभाहलमा संचालित तालिममा गाउँपालिकाका सामुदायिक विद्यालयका माध्यमिक तहका लेखापाल र आधारभूत तहका प्रधानाध्यापक गरि ३७ जनाको सहभागिता रहेकोे छ । लेखा प्रणाली सुव्यवस्थीत गर्ने र बेरुजु कम गर्ने उद्देश्यका साथ तालिम संचालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकाराम आचार्यले बताउनु भएको छ । छत्रकोट गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत वीर बहादुर पुनको अध्यक्षतामा संचालित उद्घाटन समारोहमा शिक्षा शाखाका प्रा स बिनोद न्यौपानेको स्वागत मन्तव्य रहेको थियो । लेखा अधिकृत सन्तोष जि सि ले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थियो । सामाजिक विकास समिति संयोजक गुणाकर ज्ञवालीले शुभकामना मन्तव्य राख्नु भएको थियो । उद्घाटन सत्रको समापन गर्दै प्रसाशकिय अधिकृत वीर बहादुर पुनले अब विद्यालयको लेखा प्रणाली लाई आई टि सङ्ग जोडिने धारणा राख्नु भएको थियोे । कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गर्नु भएको थियो ।