कालिदास आत्रेय जेठ १२
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत गुल्मीको छत्रकोट गाउँपालीकामा संचालित तिनदिने लेखा तथा खरिद व्यवस्थापन तालिम सम्पन्न भएको छ् ।
छत्रकोट गाउँपलिकाको आयोजना गाउँपालिकाको शभाहलमा संचालित तालिममा गाउँपालिका भित्रका सामुदायिक विद्यालयका माध्यमिक तहका लेखापाल र आधारभुत तहका प्रधानाध्यापक हरुको सहभागीता रहेको थियो ।
तालिमको सहजीकरण लेखा अधिकृत सन्तोष जि सी , जिन्सी शाखा प्रमुख होमनाथ पन्थ , आ ले प सहायक खुमानन्द पौडेल र आई टि प्रमुख भूषण भुसाल ले गर्नुभएको थियोे ।
तालिम निकै व्यबहारिक र प्रभावकारी भयको सहभागीहरुको भनाइ रहेको छ । शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकाराम आचार्यको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रशिक्षकहरुलाई सम्मान पत्र र सहभागी हरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सो अबसरमा प्रतिबेदक राधा खनाल काफ्ले ले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे ।
सहभागीको तर्फबाट कालिदास आत्रेयले मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको समापन गर्दै शिक्षा शाखा प्रमुख टिकाराम आचार्य ले निकट भबिस्यमै प्रविधिको पहुँच नपुगेका बिद्यालयहरुमा ल्यापटप र स्मार्टबोर्ड क्रमश बितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे । कार्यक्रमको सन्चालन प्रा स विनोद न्यौपानेले गर्नुभएको थियोे ।