रुरुक्षेत्र गाउँपालीकाद्धारा स्थानिय सरोकारवाला संग सुझाब संकलन,१ बर्षका १ सय ५२ उपलब्धी सार्वजनिक ।
रुरुक्षेत्र गाउँपालीकाद्धारा स्थानिय सरोकारवाला संग सुझाब संकलन,१ बर्षका १ सय ५२ उपलब्धी सार्वजनिक ।
जेठ १२
रुरुक्षेत्र गाउँपालीका ।
रुरुक्षेत्र गाउँपालीका गुल्मीले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमको लागी स्थानिय सरोकारवाला संग सुझाब संकलन गरेको छ ।
कार्यक्रममा सहभागी स्थानिय संध संस्था तथा राजनैतिक दलका प्रमख तथा प्रतिनिधिहरुले मोटरबाटोको स्तरउन्नती, स्वास्थ्य, शिक्षा तथा कृषीमा विशेष निति निमार्ण गरि दिगो विकासको लागी सुझाव दिएका थिए । स्थानियले मौखिक,लिखित र ईमेल मार्फत ६० बढी सुझब दिएका थिए ।
कार्यक्रममा गाउपालीकाका पुर्व अध्यक्ष निलकन्ठ गौतमले सामुहिक हित हुने कार्यक्रमहरु मिलाएर निति निमार्ण गर्न सुझाव दिनु भएको थियो ।
प्रदेशका पुर्व सांसद कमलराज श्रेष्ठले उत्पादन अति न्युन भएकाले बजारको समस्या रहेको बताउदै, पकेट क्षेत्र निमार्ण गरि उत्पादन गर्ने नीति बनाएर प्रयाप्त उत्पादन गर्न सके बजारको समस्या नहुने सुझब दिनु भयो ।
गाउपालिका अध्यक्ष यदु ज्ञवालिले सबैको अपनोत्व हुने गरि आवस्यक्ताको आधारमा काम गर्ने गरि नीति बनाउने र आगामी बजेट सिलिङ हुने समय सम्म पनि सुझाव तथा रचनात्मक सहयोग, निति र बजेटमा समाबेस गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
सोही अबसरमा १ बर्षको गाउपालिकाको उपलब्धिका विषयमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिबेदनमा स्वास्थ शिक्षा पुर्वाधार निर्माण लगायतका विषयमा गाउपालिकाले १ सय ५२ उपलब्धी प्राप्त गरेको बताउनु भयो ।
गुणस्तरीय शिक्षाको लागि बिध्यालय समायोजन, नव पर्वद्धन कार्यक्रम मार्फत सैक्षिक सुधार प्रयासको सुरुवात र स्वास्थ क्षेत्रमा थप सेवा बृद्धी ,रेबिज तथा लम्की स्किन बिरुद्द गाउपालिकाको तर्फ बाट भएको पहल देखि मोटरबाटो स्तर उन्नती, ३ किलोमीटर भन्दा बढी मोटरबाटो कलोपत्रे गरिएको ,पहुच मार्ग ग्राभेल तथा तटबन्द नालि निर्माण, विभिन्न बिधालय तथा सघ सस्थाको भवन निर्माण र प्रसासकिय भवनबाट यसै आर्थिक बर्षमा सेवा प्रवाह गरिने सम्मका उपलब्धि सार्वजनिक गर्नु भयो।यस आर्थिक बर्षमा गाउपालिकाले अन्य पालिकाको तुलनामा धेरै बजेट प्राप्त गरि योजनाहरु सम्पन्न गरेको दाबी गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत मधु कृष्ण पौडयालले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण कम्प्युटर अपरेटर दामोदर ज्ञवालिले गर्नु भएको थियो ।