राष्ट्रिय स्वतन्त्र पार्टी रुरुक्षेत्र गाउँपालिका समितिको सभापतिमा हुतराज गौतम 

 

कृष्ण अन्जान

बुटवल

राष्ट्रिय स्वतन्त्र पार्टीले रुरुक्षेत्र गाउँ पालिकामा सँगठन विस्तार गरेको छ ।

शनिवार बलेटक्सारमा आयोजित भेलाले हुतराज गौतमलाई पार्टीको रुरुक्षेत्र गाउँ पालिकाको सभापतिमा सर्वसम्मत रुपमा चयन गरेको छ ।

गाउँ कार्यसमितिको उपसभापतिमा ईश्वरी प्रसाद ज्ञवाली रहेका छन भने सदस्य हरुमा बिमल ज्ञवाली ,आकाश ज्ञवाली ,मनोज खराल ,महेश भण्डारी र खेमराज ज्ञवाली रहेका छन ।

सँघठन विस्तार कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको आशाको केन्द्र भएको धारणा राख्दै पार्टीले मुलुकको हितलाई प्रमुख एजेन्डा बनाएको धारणा व्यक्त गरे ।

भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य लक्ष्मी खासु मगर ,गुल्मी जिल्ला सँयोजक युवराज पोख्रेल ,विदेश जनसम्पर्क विभागका किरण आचार्य ,मानवअधिकार विभागका ईश्वर कुँवरको उपस्थिति रहेको थियो ।

पार्टीको रुरुक्षेत्र गाउँ पालिका समितिको सभापति चयन भइसकेपछि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै हुतराज गौतमले सँगठन विस्तार सँगै जनताका हरेक समस्यामा एकाकार भएर लाग्ने बताए ।

जनताले परिवर्तन चाहेका छन र चाहे त्यो केन्द्रमा होस या स्थानीय तहमा होस जनताको परिवर्तनको आशा राष्ट्रिय स्वतन्त्र पार्टी भएकाले सबैलाई परिवर्तनको पक्षधर पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा दिल खोलेर लाग्न सभापति गौतमले आग्रह गरे ।

रुरुक्षेत्र गाउँ पालिका वडा न ३ थानपतीको  गौतम टोलमा घर भएका हुतराज गौतम लामो समय वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया बसि २०७३ सालमा स्वदेश फर्केपछि आफ्नै गाउँमा बस्दै आएका छन ।हरेक सामाजिक गतिविधिहरुमा कृयाशिल रहने गौतम रुरुक्षेत्रका उर्जावान व्यक्तित्वको रुपमा परिचित रहेका छन।