लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्बजनिक हुदै
जेठ २६
लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्बजनिक हुदैँछ ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नको लागि प्रदेश सभाको बैठक आज बिहान ११ बजे बोलाईएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ ।
‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाईएको छ ।