छत्रकोट गाउँपालिकामा गणित बिषयका शिक्षकहरुको दुई दिने क्षमता अभिबृद्दि तालीम सम्पन्न ।
जेठ २८
कालिदास आत्रेय
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गुल्मीको छत्रकोट गाउँपालिकामा गणित बिषयमा अध्यापनरत शिक्षकहरुको दुई दिवसीय क्षमता अभिबृद्दि तालीम हिजो सम्पन्न भएको छ।
छत्रकोट गाउँपालिकाकाबिभिन्न विद्यालयका माध्यमिक , निम्नमाध्यमिक र प्राथमिक तहमा अध्यापन गर्ने १/१ जना गरि ६५ जना गणित शिक्षकहरुको सहभागीता रहेको थियोे ।
वरिष्ठ प्रशिक्षक एबम लेखक हुकुम प्रसाद दाहाल ले तालिमको सहजीकरण गर्नुभएको थियोे ।
छत्रकोट गाउँपालिकामा गणित बिषयको सिकाई उपलब्धि बढाउने उद्देश्य राखेर सन्चालन गरिएको तालिमको सार्थकताको लागि सबै सहभागीहरुलाई कटिबद्ध भएर लाग्न शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले आग्रह गर्नुभएको छ।
छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न समापन समारोहमा उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रशिक्षक हुकुम प्रसाद दहाल,शिक्षा शाखाका प्रा स बिनोद न्यौपाने लगायत को आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा सहभागी बिच अन्तर्कृया गरिएको थियोे । सो अबसरमा सहभागी हरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा सहभागीको तर्फबाट कालिदास आत्रेय , प्रशिक्षक हुकुम प्रसाद दाहाल लगायतले मन्तव्य राख्नु भएको थियो।
तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले गणित बिषयको नतिजा सुधार गर्नको लागि शिक्षकको इच्छाशक्ति , सामर्थ्य र जिम्मेवारी हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गर्नुभएको थियोे ।