छत्रकोट गाउँपालिकाले स्थानिय संग सुझाब संकलन गर्यो,सहभागीले बसाई सराई रोक्ने, देखि नैतिक शिक्षा सम्मका सुझाब दिए ।
जेठ २८
छत्रकोट गाउँपालिका गुल्मीले स्थानिय सरोकारवाला संग सुझाब संकलन गरेको छ ।
आर्थिक बर्ष ८० /८१ को नीती तथा कार्यक्रम र बजेट तर्जुमाको लागि स्थानिय सरोकारवाला संग गाउँपालिकाले सुझाब संकलन तथा अन्तरक्रिया गरेको हो ।
करिब २ दर्जन स्थानिय सरोकारवालाले कार्यक्रममा सहभागी भई प्रतक्ष रुपमा र केहिले लिखित सुझाब दिएका थिए । अधिकांस सहभागीले बसाई सराई रोक्न सक्ने, रोजगारी सृजना हुने र बन्यजन्तु नियन्त्रण गर्ने नीती बनाई कार्यान्वयन गर्न सुझाब दिएका थिए ।
कार्यक्रममा वडा नं ४ का नेपाली कांग्रेसका नेता भेषराज कडेलले सडक स्तरोन्नती, उत्पादनको मूल्य निर्धारण र खाने पानी बिषयमा सुझाब दिनु भएको थियो ।
ब्यापारी शेषकान्त श्रेष्ठले नेवारी संस्कृती संरक्षण र करको एकद्वार प्रणाली बनाउन पहल गर्न सुझाब दिनु भएको थियो ।
वडा नं. ३ का एमाले नेता बाबुराम अर्यालले सार्वजनिक जग्गाको संरक्षण र बिगतका अधुरा कामलाई पूर्णता दिन सुझाब दिनु भएको थियो ।
समाजसेबी एवं मिलिजुली सहकारीका मदन ज्ञवालीले पालिका भित्रका सहकारीलाई पालिकाको नीतीको दायरा ल्याउन र शिक्षा बिध्यार्थी केन्द्रित गरि गुणस्तरिय शिक्षा बनाउन सुझाब दिनु भएको थियो ।
पूर्व जनप्रतिनिधी सामुदायिक बनका नेता यम बहादुर नेपालिले सामुदायिक बनमा घेराबार गरि बन्यजन्तु नियन्त्रण गर्न सकिने र स्थानिय सिप कलाको संरक्षण गर्न सुझाब दिनु भएको थियो ।
पूर्व जनप्रतिनिधी चुन्न प्रसाद कडेलले पालिकको पाठ्यक्रममा बिद्युतिय सामाग्री प्रयोगको पाठ राख्न, नैतिक र स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राख्न र ब्यवसाय बर्गिकरण गर्न सुझाब दिनु भएको थियो ।
पत्रकार भुवन भुषालले छत्रकोट गाउँपालिको मौलिकता स्थानिय कार्यालय संघ संस्थामा देखिने बनाउदै स्थानिय उद्योगको प्रोत्साहन गर्दै, स्थानिय उत्पादन प्रयोग गर्ने नीती बनाउन सुझाब दिनु भएको थियो ।
समाजसेबी कृष्ण बहादुर थापा क्षेत्रीले सार्वजनिक सम्पतिको संरक्षण गर्न सुझाब दिनु भएको थियो ।
स्थानिय सहकारीका प्रकास पन्तले लिफ्टिङ्ग खानेपानीको महसुल छुट र स्थानिय रुपमा चाहिने सामाजिक प्राबिधिक उत्पादन गर्न सके बिद्युत खानेपानीका समाधान गर्न सजिलो हुने बताउनु भयो ।
स्थानिय ब्यवसायी बिक्रम कार्कीले सार्वजनिक सम्पतिको संरक्षण गर्न र आन्तरिक श्रोतले धान्ने गरि मात्र करारको कर्मचारी राख्न सुझाब दिनु भयो ।
स्थानिय कमल श्रेष्ठले बन्यजन्तु नियन्त्रण गर्न र पानीको मूल ब्यवस्था गरिदिन आग्रह गर्नु भयो ।
स्थानिय ब्यवसायी रामकृण न्यौपानेले जग्गा प्राप्ती नीती सजिलो बनाए सामुहिक र ब्यवसायीक खेती गर्न सकिने र रोजगारी सृजना हुने बताउनु भयो । उहाले गुणस्तरिय शिक्षा बनाउन सुझाब दिनु भएको थियो ।
कृषक अगुवा बिष्णु पन्तले डढेलो नियन्त्रण प्रभाबकारी र दिगो बनाउन, कोल्ड स्टोर निमार्ण र भएका कामको प्रभाबकारी अनुगमन गर्न सुझाब दिनु भएको थियो ।
ब्यवसायी झबिन्द्र कार्कीले रोजगारी, गुणस्तरिय शिक्षा र बिद्युत सेवा भर पर्दो बनाउन आग्रह गर्नु भयो ।
स्थानिय सहकारी किरण न्यौपानेले नमुुना युक्त नयाँ काम, पर्यटन बिकासममा नयाँ सोच , स्थानिय बिउ संरक्षण र उद्योगीलाई टेवा दिने कार्यक्रम ल्याउन सुझाब दिनु भयो ।
महिला सहभागी निरा नेपालिले पालिकाले तालिम दिए पछि उत्पादनमा प्रेरित गर्दै बजारिकरणको जिम्मा लिन सुझाब दिनु भयो ।
स्थानिय समाजसेबी देबिप्रसाद पाण्डेयले सामाजिक प्राबिधिक उत्पादन र सहकारीलाई नियमन गर्न सुझाब दिनु भयो ।
राष्ट्रि जनमोर्चाका नेता पसुपती न्यौपानेले प्रात सुझाब कार्यान्वयनमा जोड दिनु भयो । नेकपा माओबादीका नेता लोकनाथ पाण्डेयले उत्पादनमा अनुदान,कृषी चक्र बजार,सडक निमार्णको काम थोरै भए पनि पूर्णरुपमा अगाडी बढाउन र उपभोक्ता समितिलाई ब्यवस्थापन खर्च ब्यवस्था गर्ने नीती बनाउनु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका नेता धातानन्द भुषालले पालिकाको चालु खर्च भन्दा पूजिगत खर्च कम भएकोले श्रोत बढाउन सुझाब दिदै पार्टिको तर्फबाट दश बुदे सुझाबपत्र हस्तान्त्रण गर्नु भएको थियो ।
नेकापा एमालेका नेता यमलाल भण्डारीले उठेका बिषय सुझाब गहन भएकोले कार्यान्वयनमा लैजान सुझब दिदै सुझाबपत्र हस्तान्त्रण गर्ने बनाउनु भएको थियो ।
जिल्ला समन्वय समितिका सदस्य महेश्वर भण्डारीले आएका सुझाब नीती तथा कार्यक्रमा समाबेस गर्न अग्रह गर्नु भएको थियो ।
गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले सुझाबको लागि धन्यबाद ज्ञपन गर्दै सिमित श्रोत साधन र प्रदेश संघ अधिकारबादीका मुद्दा संग समस्या नहुने बिषय क्रमश कार्यान्वयनममा लैजाने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमको सहजिबरण प्रमुख प्रसासकिय अधिकृत बीर बहादुर पुनले गर्नु भएको थियो ।
पालिकाले यस अधि छत्रकोट स्थाई घर भई बुटवल र काठमान्डौमा पेशा ब्यवसाय गर्ने संग पनि सुझाब संकलन गरेको थियो ।