छत्रकोटमा सुकुमबासी र अब्यवस्थित बसोबासीलाई निस्सा बितरण, पालिकाले जग्गा ब्यवस्थापन गर्न परे एकिकृत बस्ती बनाउने अध्यक्ष पाण्डेयको भनाई । जेठ २९ छत्रकोट गाउँपालिका गुल्मीले पालिका भित्रका सुकुमबासी र अब्यवस्थित बसोबासीलाई निस्सा बितरण गरेको छ । नेपाल सरकार राष्ट्रिय भूमिआयोग जिल्ला समिति गुल्मीको समन्वयमा स्थानिय १ सय ४९ मध्येय १ सय ४३ जनालाई निस्सा बितरण गरिएको हो । छ जनाको कागजात अपूर्ण भएकोले पूनः प्रक्रियामा लैजाने बताईएको छ । छत्रकोट गाउँपालिकामा १ सय २८ जना अब्यवस्थित बसोबासी ८ जना भूमिहिन दलित र १३ जना भूमिहिन सुकुमबासी रहेका छन । निस्सा बितरण कार्यक्रममा भूमिआयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीले सुकुमबासी र अब्यवस्थित बसोबासीले जग्गा तथा लालपूर्जा प्राप्तगर्ने प्रक्रियार कार्यप्रगतिको बारेमा जानकारी गराउनु भएको थियो । गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बधाई तथा सुभकामना दिदै प्राप्त गरेको निस्सा अन्तिम प्रक्रिया नभई अब बल्ल प्रक्रिया सुरु भएकोले धेरै काम गर्न बाकी रहेको र पालिकालाई जिम्मेबारी थपिएको बताउदै पालिकाले जग्गा ब्यवस्थापन गर्नु पर्ने अवस्था सृजना भए एकिकृत बस्ती बनाउने योजनामा रहेको बताउनु भयो । कार्यक्रमको सहजिकरण पालिकाको भूमिआयोगका सम्पर्क ब्यक्ति हुमनाथ पन्थले गर्नु भएको थियो ।
१.
२.
© Copyright - 2024 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit