स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको कार दुर्घटना, ८ जनाको मृत्यु
जेठ २९
प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । प्युठानको भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना हुँदा ८ जनाको ज्यान गएको हो ।
दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले पुष्टी गरेको छ । मृत्यु हुनेमा कार चालक लमही नगरपालिकाका ४९ वर्षिय ताराबहादुर कुमालको मात्र सनाखत भएको र अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा २ जना पुरुष, २ जना महिला र ४ जना बालबालिका छन् ।
कार टाकुराको माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा करिब ३५ मिटर तल झरेको छ । कार पूर्णरुपमा क्षतिग्रस्त भएको ईप्रका भिग्रीले जनाएको छ ।
सवै मृतकको शव संकलन गरि पोष्टमार्टमका लागि विजुवार अस्पताल पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।