लुम्बिनी प्रदेश सरकारले आज नयाँ बजेट ल्याउने
असार १
लुम्बिनी प्रदेश सरकारले आज शुक्रबार नयाँ बजेट ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/ ८१ का लागि प्रदेश सरकारले बजेट ल्याउन लागेको हो ।
आज दिउँसो ३ बजे बजेट ल्याउने गरी दोस्रो अधिवेशनको ११ औँ बैठक आह्वान गरिएको छ । बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०८०/०८१ मा चालु आव भन्दा ५-१० प्रतिशत बजेट घटाइने छ ।
चालु आर्थिक वर्ष २०७९/०८० का लागि लुम्बिनी सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, यस वर्ष सोही बजेट १० प्रतिशतको हाराहारीमा कटौती गर्ने तयारी छ । कटौती भएमा करिब ४ अर्ब बजेट घट्ने छ ।