राष्ट्रिय माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउँपालिका ३ थोर्गा गुल्मीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।
कृष्ण अन्जान
थानपती गुल्मी
असार १
राष्ट्रिय माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउँपालिका ३ थोर्गा गुल्मीले हिजो बिहिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । विध्यालयले पहिलोपटक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
थोर्गाको कोटमा रहेको कभर्डहलमा विध्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक सँघ ,विध्यालय सल्लाहकार समितिका पदाधिकारी सँगै सरोकारवाला ,अभिभावक ,शिक्षक विध्यार्थी ,जनप्रतिनिधि ,सँचारकर्मिहरुको उपस्थितिमा विध्यालयका शैक्षिक तथा भौतिक उपलब्धिहरु विध्यालयका तर्फबाट प्रस्तुत गरिएपछि अभिभावकहरुले बिद्यालयको पठनपाठन राम्रो बनाउन सुझाब, सिकाई उपलब्धी बृद्धी गर्नुपर्ने माग, दिवा खाजामा जंफुडको प्रयोग गरिएकामा गुनासोे,स्थानिय पाठ्यक्रममा थोर्गाको बिषय समाबेस गर्ने, गलायतका बिषयमा जिज्ञासा राखेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्नो भनाई राख्दै लुम्बिनी प्रदेश सभका पुर्व साँसद तथा राष्ट्रिय माध्यमिक विध्यालय व्यस्थापन समितिका अध्यक्ष कमलराज श्रेष्ठले सार्वजनिक सुनुवाइ मार्फत विध्यालयका गतिविधिहरुलाई जानकारी दिँदै अभिभावकलाई विध्यालयले गरेका शैक्षिक कृयाकलाप ,विध्यार्थीको शैक्षिक अवस्था र विध्यालयको भौतिक ,आर्थिक अवस्था सँगै विध्यालयका समस्या र समाधानका लागि सुझाव सँगै राय सँकलन गर्न र प्राप्त राय सुझावका आधारमा अगाडि बढ्ने उद्देश्य राखिएको र यो सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावकारी भएको बताए ।शिक्षक ,अभिभावकहरुको समन्वयबाट नै शैक्षिक सुधार हुने बताउँदै श्रेष्ठले, घर पहिलो पाठशाला भएकोले अभिभावक आफ्ना छोराछोरी प्रति जिम्मेवार हुनुपर्ने र त्यसपछि विध्यालयमा शिक्षकले आफ्नो शैक्षिक जिम्मेवारी ईमान्दारीका साथ निर्वाह गर्नु पर्ने उनको भनाई थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्नो भनाई राख्दै विध्यालयका सँरक्षक समेत रहेका रुरुक्षेत्र गाउँपालिकाका पुर्व अध्यक्ष निलकण्ठ गौतमले शैक्षिक गुणस्तर कायम गर्न विध्यालयका तर्फबाट हरेक प्रयास गरिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले सार्वजनिक सुनुवाइ शुसासनको कडि भएको बताउँदै यस प्रकारको कार्यक्रमले सँस्थालाई आफ्ना कमिकमजोरी सच्याएर अगाडी बढ्न सहज हुने बताउँदै कुनै पनि सँघ सँस्था ,स्थानीय तह सबैको यथार्थतालाई सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक गर्ने र आवस्यक सुझाव सल्लाह र गुनासा हरुमा मार्फत गल्ती कमजोरी लाई सच्याएर अगाडि बढ्दा सँस्था सन्चालनमा सहजता हुने उनको राय थियो ।
रुरुक्षेत्र गाउँ पालिका सामाजिक विकास समितिका सँयोजक समेत रहेका रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले सार्वजनिक सुुनुुवाइ मार्फत विध्यालयका गतिविधि सर्वसाधारण सम्म पुर्याउने र गुनासा र सुझाव सँकलन गर्देै कमि कमजोरी सुधार्ने यो कार्य अत्यन्तै प्रभावकारी भएको बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै रुरुक्षेत्र गाउँ पालिका शिक्षा शाखा प्रमुख झविलाल वि।कले राष्ट्रिय माध्यमिक विध्यालयले सार्वजनिक सुनुवाइ मार्फत विध्यालयको शैक्षिक ,भौतिक र आर्थिक पाटोलाई प्रस्तुत गरेर शुसासनको क्षेत्रमा राम्रो शुरुवात गरेकोमा प्रशंसा गर्दै विभित्र शैक्षिक गुणस्तर कायम गर्ने कार्यमा विध्यालयले गरेको प्रयास सह्राहनिय भएको बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्नो सुझाव राख्दै नरहरि ज्ञवालीले स्थानीय पाठ्यक्रममा स्थानीय कृषि उत्पादन ,पर्यटन ,सँस्कृतिको परिचय सहित समाबेश गर्दा शिक्षण सिकाई प्रभावकारी हुने बताए ।
रुरुक्षेत्र ३ का अभिभावक हरि सनानीले दिवा खाजाको गुणस्तरीयता ,प्राबिधिक कक्षा सन्चालन ,पाठ्यपुस्तकको सहज उपलब्धता हुनपर्ने धारणा राखे ।
रुरुक्षेत्र ३ का राजेन्द्र भट्टराईले शिक्षण सिकाई कमजोर भएको बताए भने वडा न ३ कि अभिभावक उमाकला विकले छोराछोरीले विध्यालयबाट घर गएपछि पटक्कै नपढेको गुनासो राख्दै प्रयाप्त होमवर्क दिन सुझाव दिईन ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रतिभा प्राथमिक विध्यालयका प्रअ खुविराम मरासिनीले कक्षा ५ ,८ र १० को अतिरिक्त कक्षा श्रावण पछि लगाउनु पर्ने बताए ।
विध्यालयको बारेमा जानकारी दिँदै राष्ट्रिय माध्यमिक विध्यालयका प्रधानध्यापक रमेश ज्ञवालीले विध्यालयले शैक्षिक गुणस्तर कायम गर्न शैक्षणिक सिकाईका हरेक अवयवहरुको प्रयोग गरेको बताउँदै विध्यालयको पहिलो प्राथमिकता नै शैक्षिक गुणस्तरीयता र राम्रो परिणाम ल्याउने रहेको बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञाशा र सुझावको जवाफ दिँदै प्रधानध्यापक ज्ञवालीले विध्यालय शिक्षक ,अभिभावक र विध्यार्थीको समन्वयबाट शैक्षिक विकास र गुणस्तर कायम गर्दै अगाडी बढ्ने हुँदा अभिभावकबाट आएका सुझाव ग्रहण गर्ने र गुनासालाई सकेसम्म सम्वोधन गर्न विध्यालय व्यवस्थापन लाग्ने बताए ।
राष्ट्रिय माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज श्रेष्ठको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा एक दर्जन भन्दा बढि अभिभावक हरुले सुझाव र गुनासा मौखिक र लिखित रुपमा राखेका थिए ।
रुरुक्षेत्र गाउँ पालिकाको सहयोग ,राष्ट्रिय माध्यमिक विध्यालय आयोजक रहेको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण रुरु एफएमका तर्फबाट स्टेसन म्यानेजर युगराज वस्याल र पत्रकार कृष्ण अन्जानले गरेका थिए भने कार्यक्रममा स्वागत शिक्षक तारा प्रसाद ज्ञवालीले गरेका थिए ।
बिक्रम सम्बत २००८ सालमा आदर्श मिडिल स्कुलको रुपमा थोर्गाको कोटमा स्थापना भएको विध्यालले २०१६ सालमा ओैपचारिक स्वीकृति प्राप्त गरेको हो ।
यसविध्यालयना हाल कक्षा नर्सरी देखि १२ कक्षा सम्म तीन सय बीस जना विध्यार्थीले अध्ययन गर्ने र शिक्षक र कार्मचारी गरि २८ जना कार्यरत छ ।
सुविधा सम्पन्न विध्यालय भवन रहेको राष्ट्रिय माध्यमिक विध्यालयले विध्यार्थीहरुको सुविधाका लागि स्कुल बस समेत सन्चालन गरेको छ ।
शैक्षिक गुणस्तरका हिसाबले रुरुक्षेत्र गाउँपालिकाका सामुदायिक विध्यालयहरुमा राष्ट्रिय माध्यमिक विध्यालय सबैभन्दा अव्वल रुपमा स्थापित छ
।
