प्रधानाध्यापकहरुको क्षमता अभिबृद्दि तालिम गुल्मीको छत्रकोट गाउँपालिकामा सम्पन्न
असार १
कालिदास आत्रेय मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत प्रधानाध्यापकहरुको क्षमता अभिबृद्दि तालिम हिजो बिहिबार गुल्मीको छत्रकोट गाउँपालिकामा सम्पन्न भएको छ ।
छत्रकोट गाउँपालिकाको आयोजनामा संचालित तालिममा पालिका भित्रका विभिन्न विद्यालयका ३७ जना प्रधानाध्यापक हरुको सहभागीता रहेको थियो।
पाँच दिन सम्म संचालित तालीमको सहजीकरण छत्रकोट गाउँपालिकाका आइ टि अफिसर भूषण भुसाल , इ एम आई एस अपरेटर गणेश सिन्जाली, रुरु क्षेत्र गाउँपालिकाका आई टि अफिसर दामोदर ज्ञवाली र शिक्षा शाखाका प्रा स बिनोद न्यौपाने ले गर्नुभएको थियोे ।
आधुनिक प्रबिधिको युगमा विद्यालयका प्रधानाध्यापकहरुलाई प्रबिधि सङ्ग जोडदै सबै विद्यालयहरुलाई प्रबिधि मैत्री बनाउने उद्देश्यका साथ तालिम सन्चालन गरिएको शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले बताउनुभएको थियोे । सो अबसरमा गाउँपालिका भित्रका १७ विद्यालयहरुलाई खानेपानीको लागि २५० लिटर क्षमताका स्टिलका युरोगार्ड ड्रम वितरण गरिएको थियोे । साथै विभिन्न १० विद्यालयहरुलाई १।१ थान ल्यापटप समेत बितरण गरिएको थियोे ।
ल्यापटप बितरण गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले छत्रकोट गाउँपालिकाका सबै विद्यालयहरुलाई प्रबिधि मैत्री बनाउन कम्पुटर र ल्यापटप नभएका अन्य विद्यालयलाई निकट भबिस्यमै ल्यापटप बितरण गरिने साथै युरोगार्ड ड्रम पनि सबै विद्यालयमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे । तालिम निकै फलदायी भएको सहभागीहरुको भनाई रहेको छ।
छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न समापन समारोहमा उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रसाशकिय अधिकृत वीर बहादुर पुन र प्रशिक्षकहरु को आतिथ्यता रहेको थियो । सो अबसरमा प्रशिक्षकहरुलाई सम्मान पत्र र सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियोे । कार्यक्रममा सहभागी जित बहादुर रजालीले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे भने थम्मन घिमिरे ले मन्तव्य राख्नुभएको थियोे । तालिममा सिकेका सीपलाई व्यबहारमा लागू गर्दै प्रधानाध्यापकहरु लागिपरेमा मात्र बिद्यालयलाई प्रबिधि मैत्री बनाउन सकिने र तालिमको सार्थकता हुनेकुरामा जोड दिदै अध्यक्ष राम प्रसाद पाण्डे ले तालिम को समापन गर्नुभएको थियो । कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गर्नुभएको थियो ।