जनज्योती माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउपालिकामा उत्प्रेरणात्मक तालिम सम्पन्न, पूर्वाधार सुदृढ भएकोले शैक्षिक गुणस्तरमा लाग्न गाउपालिका अध्यक्ष ज्ञवालीको आग्रह
असार १
रुरुक्षेत्र गाउपालिका ६ रिमुवा
जनज्योती माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउपालिका ६ रिमुवा गुल्मीमा सिकाई सुदृढीकरणका लगि उत्प्रेरणात्मक तालिम सम्पन्न भएको छ ।
सिकाई उपलब्धी बृद्ध गर्न शिक्षक, बिध्यार्थी र अभिभावकको लागि सिकाई सुदृढीकरणका लगि उत्प्रेरणात्मक तालिम दिइएको हो । तालिमको सहजिकरण शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनी, शिद्धबाबा माध्यमिक बिद्यालयका प्रधानाध्यापक डोर बिक्रम श्रीष,रुरुक्षेत्र गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख झबिलाल बिक, प्राबिधिक सहायक तेज बहादुर कुमालले गर्नु भएको थियो ।
तालिमको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष यदु ज्ञवालीले रुरुक्षेत्र गाउपालिका भित्रका सामुदायिक बिद्यालयहरु, समय परिबेस अनुसार सुदृढ हुदै गएको र आवस्यक्ता अनुसार पूर्वाधार थप गर्दै जाने बताउनु भयो । उहाले गाउपालिका,वडा, बिद्यालय, शिक्षक, बिध्यार्थी र अभिभावक सबै शैक्षिक गुणस्तर बृद्धीमा लागेर देखिने गरि शैक्षिक गुणस्तरको उपलब्धी हासिल गर्नु पर्ने बताउनु भयो ।
वडा अध्यक्ष एवं बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पौड्यालले अब सबैको ध्यान शैक्षिक गुणस्तर बृद्धीमा लगाउन अग्रह गर्दै, सहभागी र प्रशिक्षकहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो ।
प्रधानाध्यपक भुवनेश्वर भुषलले उत्प्रेरणात्मक तलिम उपलब्धीमूलक भएको बताउदै, तालिममा सिकेका कुरा कार्यान्वयन गर्दै शैक्षिक गुणस्तर बृद्धीकोलागि बिद्यालय, शिक्षक स्टाफको तर्फ बाट प्रतिबद्धता ब्यक्त गर्नु भयो । औपचारिक कार्यक्रमको सहजिकरण शिक्षक छबिलाल ज्ञवालीले गर्नु भएको थियो । कार्यक्रममा शिक्षक महेन्द्र प्रसाद गौतमले स्वागत गर्नु भएको थियो ।