नव प्रभात युवा संघद्धारा छत्रकोट गाउपालिकामा गड्यौला खेती तालिम सुरु
असार २
नव प्रभात युवा संघ छत्रकोट गाउपालिकामा ३ लुम्छा गुल्मीले स्थानिय एकल महिलालाई गड्यौला खेती तालिम दिएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, छत्रकोट गाउपालिकाको समन्वयमा एकल महिलाको सशक्तिकरणको लागि तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन वडा नं ५ का अध्यक्ष राम प्रसाद कडेलले दिप प्रज्वलन र वडा नं. ४ का अध्यक्ष गुणाकर ज्ञवालीले ब्यानर पढेर संयुक्त उद्घाटन गर्नु भएको थियो ।
वडा नं ५ का अध्यक्ष कडेलले झट्ट हेर्दा तालिम सानो र सामान्य देखिए पनि दुरगामी प्रभाव राख्ने रासायनिक मलको बिकल्प र उत्पादन बृद्धि संग जोडिएको बताउनु भयो ।
४ का अध्यक्ष ज्ञवालीले सिकेको सिप बिस्तार गरि उद्देश्य अनुसार प्रयोग गर्नु पर्ने बताउनु भयो ।
संघकी सल्लाहाकार भगवती काफ्लेले स्वागत गर्दै तालिमका बारेमा जानकारी गराउनु भएको थियो । उहाले आय आर्जनले महिलाको आत्मसम्मान बढाउने बतउदै तालिम पछि ब्यवसायीक बन्न सहभागिलाई आग्रह गर्नु भएको थियो ।
उद्घाटन समारोहका अध्यक्ष एवं संस्थाका सचिब धनपती पन्थले सहभागिलाई धन्यबाद दिदै तालिम प्रभाबकारी हुने बिश्वास ब्यक्त गर्नु भयो । ५ दिन सम्म संचालन हुने तालिमको सहजिकरण उपकार भण्डारी,जंग बहादुर पचभैया र बिष्णु पन्थले गर्नु हुने छ । उद्घाटन समारोहको सहजिकरण नव प्रभात युवा संघ गुल्मीका संयोजक धातानन्द भुषालले गर्नु भएको थियो ।