नेपालको पूर्वी भागमा भीषण वर्षा, जनजिवन तहसनहस केही मानिस सम्पर्क बिहिन ।
असार ३
गएरातिदेखिको भीषण वर्षाका कारण फिदिम जोरपोखरी जोड्ने हेवा खोलाको पक्की पुल बाढीले बगाएका कारण मेची राजमार्गमा सवारी आवागमन ठप्प भएको छ।
पाँचथरको फिदिम नगरपालिका ४ मा रहेको उक्त पुल बाढीले बगाएपछि पाँचथर ताप्लेजुङको यातायात सम्पर्क विच्छेद भएको छ।
भीषण बर्षाका कारण तमोर करिडोरको बेलीब्रिज पनि बाढीले बगाएको खबर छ।
पाँचथरकै फालेलुङ मच्छेबुङ मोटरेवल पुल पनि बाढीले बगाएको बताइएको छ।
वर्षाका कारण पहिरोरबाढीमा परेर केही मानिसहरू सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ।