छत्रकोट गाउपालिकामा गड्यौला खेती तालिम सम्पन्न ।
एकल महिलाको सशक्तिकरणको लागि नव प्रभात युवा संघको आयोजनामा तालिम दिइएको हो ।
असार ६
नव प्रभात युवा संघ छत्रकोट गाउपालिकामा ३ लुम्छा गुल्मीले स्थानिय एकल महिलालाई गड्यौला खेती तालिम दिएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, छत्रकोट गाउपालिकाको समन्वयमा एकल महिलाको सशक्तिकरणको लागि तालिम प्रदान गरिएको हो ।
तालिमको समापन कार्यक्रमका प्रमुख अतिथी वडा नं ३ का अध्यक्ष तेजकान्त अर्यालले सुभकामना दिदै तलिमलाई आफ्ना बालबालिकाले स्कुल गएर पढे जस्तै ठानेर, बालबालिकाला पढेर पास भए जस्तै सहभागीले उत्पादन गरि ब्यवसायिक बनेर पास हुनु पर्ने बताउनु भयो ।
वडा सचिब खिमलाल पन्थले बिभिन्न किसिमका तालिम धेरै भएको तर गड्यौला खेती तालिम समयको माग अनुसार ब्यवहारिक भएकोले उत्पादनमा लाग्न सहभागिलाई आग्रह गर्नु भयो ।
सहजकर्ता अगुवा कृषक बिष्णु पन्थले आफुले धेरै पहिले देखिनै गड्यौला खेती गर्दै आएको र बजारको माग अनुसार गड्यौलाको मल प्रयाप्त नभएकोले ढुक्क भएर खेती गरि उत्पादन गर्न आग्रह गर्नु भयो ।
सहजकर्ता अगुवा कृषक जंग बहहादुर पचभैयाले आफुले २०६४ साल देखि नै गड्यौला खेती गर्दै आएको र यस बर्ष मात्रै १२ क्विन्टल मल सजिलै बिक्री गरेको बताउद, सम्भावना प्रचुर मात्रामा रहेको बताउनु भयो ।
सहभागी इन्द्रकला कडेलले तालिम निकै राम्रो लागेको प्रतिक्रिया दिदै गड्यौला खेती गरि जैबिक मल उत्पादन गर्न उत्साहित भएको बताउनु भयो ।
समारोहका अध्यक्ष नव प्रभात युवा संघ गुल्मीका संयोजक धातानन्द भुषालले आय आर्जनले लैंगिक हिंसा कम गर्ने भएकोले, गड्यौला खेती गरि जैबिक मल उत्पादन बाट आम्दानी आग्रह गर्नु भयो ।
असार २ गते बाट सुरु भएको तलिममा ६ वटा वडाका २४ जना महिलाको सहभागिता रहेको थियो । सहभागिलाई गड्यौला र आवस्यक उपकरण समेत प्रदान गरिएको थियो ।
अहिले गड्यौला बाट उत्पादित जैबिक मलको बजार मूल्य रु ४० देखि ५० रुपैया प्रति किलो रहेको छ । प्राङ्गारिक खेतिको लागि गड्यौला बाट उत्पादित जैबिक मलको अत्याधिक माग रहेको छ । कृषि प्रबिधिकका अनुसार बोट बिरुवा र खेतिपातिको लागि उत्कृष्ठ र पूर्ण तत्व गड्यौला बाट उत्पादित जैबिक मलमा हुन्छ ।