छत्रकोट गाउपालिकामा साईलेज बनाउने तालिम सुरु ।
असार ७
नव प्रभात युवा संघ छत्रकोट गाउपालिकामा ३ लुम्छा गुल्मीले स्थानिय एकल महिलालाई साईलेज बनाउने तालिम दिएको छ ।एकल महिलाको सशक्तिकरणको तालिम दिइएको हो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, छत्रकोट गाउपालिकाको समन्वयमा एकल महिलाको सशक्तिकरणको लागि तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले ब्यानर पढेर उद्घाटन गर्दै तालिम समय र भुगोल अनुसार निकै उपयोगी हुने बताउनु भयो। उहाले साईलेज बनाएर पशु पालनमा आत्मनिर्भर हुदै ब्यवसायिक हुन मद्दत गर्ने बताउनु भयो ।
प्रशिक्षक पशुशाखा प्रमुख टेक बहादुर खनालले पशु धनबाट अधिक लाभ लिन घासमा आधारित पशु पालन गर्नु पर्ने बताउनु भयो । उहाले खडेरिमा हरियो घासको बिकल्प र उत्पादन बृद्धि गर्न साईलेज उपयुक्त हुने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष नव प्रभात युवा संघ गुल्मीका संयोजक धातानन्द भुषालले साईलेज बनाउने तालिममा स्थानियको आकर्षण देखिएको बताउनु भयो । उहाले साईलेज बनाउने तालिमले पशुपालनमा नयाँपन ल्याउने र आय आर्जनमा बृद्धि हुने बिश्वास ब्यक्त गर्नु भयो ।
उद्घाटन समारोहको सहजिकरण पत्रकार भुवन भुषललेले गर्नु भएको थियो ।
साईलेज हरियो घास प्रयाप्त भएको समयमा त्यसको गुण र पौष्टिक तत्व कायमै राखी हरियो घास प्रयाप्त नभएको समयमा, पशु दिने पौष्टिक आहार हो । ब्यवसयिक पशु पालकले यसलाई दैनिक रुपमा प्रयोग गर्दछन । साईलेजको ब्यवसायिक उत्पादन पनि हुने गरेको छ ।