लिचिगाउँमा लिचि फालाफाल किसानले उचित मूल्य पाएनन, बिचौलिया मालामाल
कृष्ण अन्जान
असार १४
रुरुक्षेत्र गाउँपालिका
च्यूरेक नेपालकै एकमात्र लिचिगाउँ गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न. १ को च्यूरेक गाउँका किसानहरुले लिचिको उचित मुल्य पाउन सकेका छैनन ।
यो वर्ष च्यूरेक गाउँमा अत्यधिक लिचि उत्पादन भएको छ र लिचिको मुल्यमा एकरुपता कायम हुन नसक्दा बिचौलियाहरु मालामाल भएका छन । च्यूरेकमा यतिबेला विचौलियाहरुले गाउँबाट सय रुपैयाँको सय गोटा र किलोमा खरिद गर्दा त्यहि लिचि साठी देखि पचहत्तर रुपैया किलोको हिसाबले खरिद गरिरहेका छन ।
यसरी खरिद गरिएको लिचिमा किलोमा पचास दाना चढ्छ । तर खरिद कर्ताहरु लिचिको प्रतिगोटा एक रुपैयाँका दरले खरिद गर्न बढि लालायित हुन्छन ।प्रतिगोटा एक रुपैयामा खरिद गर्दा विचौलिया हरुलाई धेरै नाफा हुने गरेको छ भने लिचि किलोको हिसाबले खरिद गर्दा पनि नाफै छ । त्यहि लिचि नजिकैको रिडीबजारमा पुग्दा एकसय पचास देखि एक सय असि रुपैयाँ किलो सम्म बिक्रि हुने गरेको छ भने बुटवलमा पुगेको लिचिको मुल्य किलोको दुई सय देखि दुईसय पचास सम्म पुग्छ जुन बिचौलिया खरिद गरेको मुल्यको दुईसय देखि तिनसय प्रतिशत बढि हो ।
रुखमा लिचि पाकेपछि किसानहरुलाई कसरी लिचि बिक्री गर्ने चिन्ताले सताउँछ । पाकेको एक हप्तामा नबेच्ने हो भने लिचि झर्ने ,भेट्नो कुहिने ,अरिँगाल लाग्ने वर्षामासमा फल्ने सिजलन फल हुनाले लिचि पानी पर्न थालेपछि कुहिएर झर्न थाल्छ जसको कारणले किसान हरु कसरी बोट रित्याउने तर्फ लाग्ने भन्ने सोँचाईम लाग्छन । लिचिगाउँमा व्यवसायीक लिचि खेति गर्ने धेरै छन । परम्परागत खेति प्रणालीलाई त्यागेर लिचि खेति गरेका किसानहरुले उत्पादन गरेको लिचिमा उचित मुल्य नपाउँदा चिन्तित छन । सिजनमा एकै पटक लिचि भरल्तै पाक्छ ,पाकेपछि धेरैदिन राखे कुहिन्छ त्यसैले खरिदकर्ताले जति भन्यो उतिमा बेच्नुपर्ने बाध्यता छ रुरुक्षेत्र गाउँ पालिका वडा न १ च्यूरेकका ओम ज्ञवालीको भनाई छ। यो वर्ष रुरुक्षेत्र गाउँपालिका वडा न १ को पहलमा लिचिमा लाग्ने रोग ,पहिचान र लिचि खेति प्रबर्द्धनका लागि प्रयास भएपनि बजारीकरणमा भने प्रयास भएको छैन ।
हामीले सकेसम्म आफुले चिनेका व्यापारीहरुलाई लिचि खरिदका लागि किसानकहाँ सम्पर्क गराएर लिचि बिक्रीको व्यवस्था गरेक छौँ तर सँस्थागत रुपमा लिचिको मुल्यमा एकरुपता र उचित मुल्यको व्यवस्थापन गर्न सकेका छैनौँ आगामी वर्ष देखि वडाको पहलमा उत्पादित लिचिलाई बजारिकरणको व्यवस्था मिलाउने पहल गरिने छ रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवालीले भने । स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रममा एक गाउँ एक उत्पादनको नीति ल्याएपनि जबसम्म उत्पादित वस्तुको बजार व्यवस्थापन हुन सक्दैन त्यति बेला सम्म किसानहरुले आफ्नो उत्पादनको उचित मुल्य पाउँदैनन र निरुत्साहित बन्न बाध्य हुने रुरुबाट पत्रकार कृष्ण अन्जानले खवर पठाउनु भएकाे छ ।