उद्योग व्यापार संघ कपिलवस्तुको प्रथम स्थापना दिवस लभ पार्कमा वृक्षारोपण ,
हुर्काउने जिम्मा पनि संघ कै
रिता खनाल
कपिलवस्तु, १७ असार ।
उद्योग व्यापार संघ कपिलवस्तुले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा
बाणगंगा वडा न. ५ मा रहेको मधौलि सामुदायिक वन उद्यान ( लभ पार्क ) मा वृक्षारोपण कार्यक्रम गरेको छ । वृक्षारोपणमा पार्क सौन्दर्यिकरण का लागि उपयुक्त विभिन्न प्रजातिका १११विरुवा रेपिएको हो । वृक्षारोपण गरिएका ती विरुवा हुर्काउने जिम्मा पनि संघ आफैले लिएको जनाएको छ ।
वृक्षारोपण कार्यक्रमलाई संम्बोधन गर्दै उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल)ले बाणगंगाको चिनारीको रुपमा स्थापित हुन सफल कपिलवस्तु कै पहिलो सामुदायिक बन मधौलि सामुदायिक वन उद्यान पार्क (लभ पार्क) लाई थप सौन्दर्यता प्रदान गर्न का लागि आफुहरुले यहाँ यो कार्यक्रम गरेको तथा यसको सम्बर्द्धन प्रबर्द्धन गर्नका लागि सबैले भुमिका महत्वोपुर्ण हुने बताए ।
उनले बाणगंगाको मात्र नभएर समग्र रास्ट्रको आर्थिक संवृद्धिका लागि सामुदायिक वन एबम यस्ता उद्यान पार्कले महत्वपुर्ण भुमिका खेलेको बताए । उनले उद्योग व्यापार संघ कपिलवस्तु रास्ट्रीय अर्थतन्तको विकासका लागि सामुदायिक वन, उद्यान पार्क जस्ता सम्पतिलाई संरक्षण गर्न प्रबर्द्धन गर्न एबम सहकार्य गर्न प्रतिबद्ध रहेको जनाय ।
साथै उनले लभ पार्कले प्रर्यटकिय हिसाबले पनि निकै चर्चामा रहेको कपिलवस्तु बाहेक छिमेकी जिल्ला तथा भारत बाट समेत पर्यटकहरु आउन लागेको बताउदै आगामी दिनमा पनि हरेक क्षेत्रमा व्यापार संघले सहकार्य गर्दै अगाडि बढ्ने तथा उद्योग ब्यापार संघ कपिलवस्तु मा आबद्धताको लागि मधौलिया सामुदायिक बन लाई आग्रह समेत गरेका थिय ।
उद्योग ब्यापार संघ कपिलवस्तु ले एक बर्ष मा गरेका उपलब्धि को सम्क्षिप्त चर्चा गर्दै उनले भने ” हामी ब्याबसायिक हकहित सङ्गै सामाजिक कार्यहरु गरिरहेका छौ , समग्र जिल्ला हुँदै रास्ट्रीय अर्थतन्त्र मा टेबा पुर्याउने हरेक ब्यक्ती , ब्याबसाय , सस्था को पक्षमा लाग्दै सदैब सहकार्य गरि अगाडि बढ्न प्रतिबद्ध छौ ।
मधौलिया सामुदायिक बन का अध्यक्ष खडानन्द गौतम ले उद्योग ब्यापार संघ , कपिलवस्तु ले गरेको यो कार्य उत्कृष्ट , सराहनीय एबम संदेश मुलक रहेको बताउदै आगामी दिनमा समेत सहकार्य जारी रहने बिस्वास ब्यक्त गर्दै धन्यवाद ब्यक्त गरे ।
उपस्थित व्यापार संघका संरक्षक टोपनारण बेल्वासे, निर्वतमान अध्यक्ष हुमनाथ पौडेल, मधौलिया सामुदायिक वनका अध्यक्ष खडानन्द गौतम लगायत संघका कार्यसमिति, सल्लाहकार एबम सदस्यहरुको उपस्थित रहेको थियो ।
वृक्षारोपण कार्यक्रम संस्थाका माहासचिव तथा कार्यक्रम सम्योजक बासुदेव खनालको संचालनमा सम्पन्न भएको थियो ।