छत्रकोट गाउँपालिका गुल्मीले २.८ जीपीए भन्दा माथी अंक ल्याउने बिध्यार्थीलाई पूर्ण छत्रवृत्ति दिने ।
असार २१
छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका गुल्मीले २.८ जिपिए भन्दा माथी अंक ल्याउने बिध्यार्थीलाई पूर्ण छत्रवृत्ति दिने भएको छ ।
छत्रकोट गाउँपालिकाको बिभिन्न माध्यमिक बिद्यालयबाट एसईई परिक्षामा सहभागी भई २.८ जीपीए अंक प्राप्त गरि स्थानिय बिद्यालयमा कक्षा ११ र १२ अध्यन गर्ने बिध्यर्थीलाई गाउँपालिकाले पूर्ण छत्रवृत्ति दिने घोषणा गरेको हो । उत्तिर्ण बिध्यार्थीलाई बधाई तथा ग्रेड बृद्धिमा सहभागी हुने बिध्यार्थीलाई सुभकामना दिदै गाउँपालिकाले यस्तो निर्णय गरेको र अन्य बिपन्न परिवारका र जेहेन्दार बिध्यार्थी लाई पनि छत्रवृत्ति दिने गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताउनु भयो ।
छत्रकोट गाउँपालिकामा १ संस्थागत र ९ सामुदायिक गरि १० वटा माध्यमिक बिद्यालय रहेका छन । गत बर्ष ९ वाटा बिद्यालय बाट ३ सय ४४ जना बिध्यार्थी एसईईमा सहभागी भएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकाराम आचार्यले बताउनु भयो ।