असार २५
चुरामणी तिमिल्सिना
गुल्मी ।
गुल्मीको रिडीमा ३९० घन्टे मोटरसाइकल तथा अटोरिक्सा मर्मत तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना तथा रुरु क्षेत्र गाउँपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो । समापन सत्रमा कार्यक्रमका प्रमुख अतिथी रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले हरेक तालिमबाट सिकेको ज्ञानलाइ व्यबहारिक बनाउन सकेमा मात्र तालिमको औचित्य हुने बताउनुभयो । ज्ञवालीले अबका युवाहरुले मोटरकाइल मर्मत गरेर ग्यारेज केन्द्र खोलेर बसेपनि लाखौको आम्दानी लिन सकिने भन्दै बिदेश भन्दा नेपालमै इलम गर्न जोड दिनुभयो । कार्यक्रममा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निर्देशक दामोदर भण्डारी वडा नं १. का वडा अध्यक्ष नवराज बि.क. टोल बिकास समितिका प्रमुख प्रेम प्रसाद भण्डारी रुरु क्षेत्र गाउँपालिकाका प्रशासन शाखा प्रमुख राम प्रसाद ज्ञवाली वडा नं १ का वडा सचिव राम प्रसाद ज्ञवाली कार्यक्रममा विशिश आतिथ्यता रहेको थियो । कार्यक्रममा २० जनाको प्रशिक्षार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा कुल प्रसाद श्रेष्ठले प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उधोग कार्यालय तम्घासका उधोग अधिकृत सुरेन्द्र भण्डारीको रहेको थियो। आयोजक संस्थाले सहभागी र प्रशिक्षक लाई सीप सिकेको प्रमाणपत्र प्रदान गरेकोथियो। कार्यक्रमको सन्चालन घरेलुका सहजकर्ता त्रिबिक्रम ज्ञवालीले गर्नु भएको थियो ।