सोलुखुम्बुदेखि काठमाडौंको लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन ।
असार २६
६ जना यात्रु सहित मनाङ एयरविदेशी यात्रुसहित ६ जना हेलिकोप्टरमा सबार हेलिकोप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुदेखि काठमाडौंको लागि उडेको विदेशी यात्रुसहितको 9A–AMV कलसाइन हेलिकोप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। हेलिकोप्टरको खोजी कार्य जारी रहेको उनले बताए।