सम्पर्कविहीन हेलिकप्टर, सोलुदुधकुण्ड न पा २को लामजुरा क्षेत्रलाई केन्द्रित गरेर खोजी सुरु ।
असार २६
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेर सम्पर्क विहिन भएको मनाङ्ग एयरको हेलिकप्टर खोज्न प्रहरी परिचालन गरिएको छ।
सोलुखुम्वुको लामजुरा क्षेत्रमा हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको बताईएको छ।
सोलुदुधकुण्ड नगरपालिका वडा २ मा पर्ने लामजुरा क्षेत्रलाई केन्द्रित गरेर खोजी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले भने, “त्यस ठाउमा प्रहरी पुग्न अझै एक घन्टा लाग्छ, खोजी जारी छ”।
हेलिकप्टर हराएको क्षेत्रमा आगो देखिएको स्थानीयले बताएको प्रजिअ भट्टराईले बताए। तर पुष्टि भएको छैन,हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए। पाइलट चेतबहादुर गुरुङ र पाँच म्याक्सिकनहरु रहेको बताइएको छ।