गुल्मी दरवारको सार्वजनिक सुनुवाई : बाँदर आतंक व्यावस्थापनको माग ।
असार २६
गुल्मीदरवार गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई वडा नं. २ जुभुंगमा सम्पन्न भएको छ ।
गाउँपालिकाले हरेक चौमासिकमा सार्वजनिक सुनुवाई गर्दै आएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले पालिकाले बर्षभर सम्पादन गरेका बिषयगत गतिविधीको बारेमा जानकारी गराएका थिए ।
गाउँपालिका अध्यक्ष सरोजकुमार थापा, उपाध्यक्ष तारा थापा ढेगा, प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी लगायत बिषयगत संयोजक र शाखा प्रमुखले नागरिकका प्रश्न तथा गुनासाको संबोधन गरेका थिए ।
बिशेष गरेर स्थानीय किसानहरु बाँदर लगायतका बन्यजन्तुबाट प्रभावित भएको गुनासा सार्वजनिक सुनसवाईमा उठाएका थिए । अलपत्र गौडाकोट, जुभुंग मजुवा सडक, दिवा खाजा, कृषि अनुदान र बिवतरण, खानेपानी समस्या र शिक्षाका बिभिन्न बिषयमा सेवाग्राहीले गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए । गाउँपालिका प्रमुख सरोज कुमार थापाले नागरिकका गुनासाहरुको संबोधन गर्दै सिमित श्रोत र साधनकाबिच नागरिकका असिमित चाहानाहरु एकैपटक पुरा गर्ने स्थिती नभएकाले प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेर क्रमैसंग कामहरु अगाडी बढाएको बताए ।
उनले नागरिकका तर्फबाट गाउँपालिकालाई प्राप्त सुझाव र गुनासाहरुको यथासम्भव समाधानको पहल गरिने बताए । कार्यक्रम पत्रकारद्धय जर्नादन घिमिरे र टोपलाल अर्यालको सहजीकरणमा सम्पन्न भएको थियो ।