रुरुक्षेत्र गाउँपालिकामा ५ कि मी कालोपत्रे रिङ्ग रोडको सिलन्यास हुदै ।
असार २७
रुरुक्षेत्र गाउँपालिका गुल्मीमा कालोपत्रे रिङ्ग रोडको आज एक समारोहका बिच सिलन्यास हुने भएको छ ।लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्केले आज बिहान ११ बजे सिलन्यास गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकारको ८ करोड १७ लाख ५२ हजार ६ सय ६६ रुपैया कुल लगानिमा करिब ५.५ चौडा, ५ किलोमिटर प्रिमिक्स कालो पत्रे गरिने छ । निर्माण हुने रिङ्ग रोड बलेटक्सार चौतारा हुदै बलेटक्सा सम्म जोडिने छ । निर्माण कार्य १८ महिनामा सम्पन्न गर्ने गरि राजेश्वरी कन्ट्रक्सनले ठेक्का प्राप्त गरेको छ ।