लुम्बिनी प्रदेशका आर्थीक मामिला मन्त्री मास्केले यसै बर्ष श्रृङ्गा जनता माबिलाई भवन उपलब्ध गराउने, उल्यख्य उपलब्धीको लागि पुरस्कृत गर्न पहल गर्ने ।
असार २७
छत्रकोट गुल्मी
लुम्बिनी प्रदेशका आर्थीक मामिला मन्त्री धन बहादुर मास्केले यसै बर्ष श्रृङ्गा जना माध्यमिक बिद्यालयलाई ४ कोठे भवन उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
आज बिद्यालयको अवलोकन गर्न जानु भएका मन्त्री मास्केलाई, बिद्यालयले स्वागत गरेको समारोहमा यस्तो प्रतिबद्धता ब्यक्त गर्नु भएको हो । उहाले सामुदायिक बिद्यालयले ४ जीपीए अंक प्राप्त गर्नु उल्यख्य उपलब्धी भएको बताउदै, ४ जीपीए प्राप्त गर्ने स्मृती कडेल,सफल सम्पुर्ण बिध्यार्थी र बिद्यालयलाई सुभकामना दिनु भयो । प्राप्त उल्यख्य उपलब्धीको लागि बिद्यालय र बिध्यार्थीलाई प्रदेश सरकार बाट पुरस्कृत गर्न पहल गर्ने बताउनु भयो ।
पूर्व सामाजिक बिकास मन्त्री एवं नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बलालले सामुदायिक बिद्यालयको उपलब्धी बृद्धीको लागि आफ्ना तर्फ बाट हुनसक्ने पहल गर्ने बताउनु भयो ।
छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले सामुदायिक बिद्यालयको शैक्षिक सुधारको लागि गाउँपालिकाले पहल र लगानी गरिरहेको बताउनु भयो । उहाले यस कार्यमा प्रदेश सरकारको रचनात्मक सहयोगको अपेक्षा राखेको बताउनु भयो ।
बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कडेलले बिद्यालयको भौतिक आवस्यकताको बारेमा अवगत गराउदै बिद्यालयको भौतिक बिकासको लागि प्रदेश सरकार बाट सहयोगको माग गर्नु भएको थियो ।
कार्यक्रममा प्रधानाध्यपक बिकास चन्द्र खरेलले स्वागत गर्दै बिद्यालयको भौतिक र शैक्षिक प्रतिबेदन राख्नु भएको थियो । कार्यक्रम शिक्षक रमेश पन्थले संचालन गर्नु भएको थियो ।
बिगतमा बिद्यालयको आफ्नै लालपूर्जा नभएकोले श्रृङ्गा जना माध्यमिक बिद्यालय आधुनिक संरचना निर्माणमा पछि परेको थियो । पछिल्लो समय पूर्वाधार बिकासमा गति लिएको छ तर प्रयाप्त आधुनिक संरचनाको अभाब छ । शैक्षिक उपलब्धीमा यो बिद्यालय यस क्षेत्रकै अब्बल बिद्यालयमा रहेको छ । बिगतका एस एल सी, एसईई र कक्षा १२ को नतिजामा पनि राम्रै उपलब्धी प्रप्त गरेको छ ।