रुरुक्षेत्र गाउँपालिमा ५ किलोमिटर कालोपत्रे मोटर बाटोको सिलन्यास,रकम अपुग हुन नदिने आर्थिक मामिला मन्त्री मास्केको भनाई ।
असार २७
रुरुक्षेत्र गाउँपालिका
रुरुक्षेत्र गाउँपालिका गुल्मीमा, ५ किलोमिटर कालोपत्रे, बलेटक्सार रिङ्गरोडको सिलन्यास गरिएको छ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्केले रिङ्गरोडको सिलन्यास गर्नु भएको हो । सिलन्यास कार्यक्रममा बोल्दै मन्त्री मास्केले सिलन्यास गरिएको कालोपत्रे मोटर बाटो समयमै सम्पन्न गर्न बजेको कमि नहुने बताउनु भयो । उहाले बिकास लाई वडा पालिका हुदै प्रदेश र संघ सम्म संस्थागत स्वरुपमा लैजनु पर्ने बताउनु भयो । सिमित श्रोतका बिच रुरुक्षेत्र गाउँपालिकामा रिङ्गरोड, रिडी तटबन्ध लागायतका काम प्रदेश सरकारले गरेको बताउनु भयो । पालिकाको पहुच मार्गको पूर्णताको लागि पनि आवस्यक समन्वय गर्ने बताउनु भयो ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले नवनिर्मित प्रशासकिय भवन सम्मको करिब २ किलोमिटर कालोपत्रे मोटर बाटोको लागि आवस्यक समन्वय गरिदिन आग्रह गर्नु भएको थियो । उहाले बाटोको कुल लम्बाई करिब ७ किमि रहेकोमा, रिङ्गरोडको परिकल्पना देखि आज सम्म ३ किलोमिटर बढी कालोपत्रे निर्माण सम्पन्न भएकोमा पूर्व साजिक बिकास मन्त्री सुदर्शन बलाल, पूर्व मुख्य सचिब लिलामणी पौड्याल बिभिन्न कार्यालका प्रमुख तथा सम्बन्धित मन्त्रीहरुलाई धन्यबाद दिनु भएको थियो ।
कार्यक्रममा पूर्व साजिक बिकास मन्त्री सुदर्शन बलालले बिकासमा जसलिने होडबाजी सार्थक र बिकास केन्द्रित हुनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष मिना देबि गौतमले स्वागत गर्नु भएको थियो । निर्माण व्यवसायी भागवत गिरीले १८ महिना समयावधी रहेपनि रकम अभाव नभए १ बर्षमा निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने बताउनु भयो । कार्यक्रमको अध्यक्षता सडक पूर्वाधार बिकास कार्यालय गुल्मीका सचितानन्द चौधरीले गर्नु भएको थियो । कार्यक्रम दामोदर ज्ञवालीले संचालन गर्नु भएको थियो । सिलन्यास गरिएको रिङ्गरोड लुम्बिनी प्रदेश सरकारको ८ करोड १७ लाख ५२ हजार ६ सय ६६ रुपैया कुल लगानिमा करिब ५.५ चौडा, ५ किलोमिटर प्रिमिक्स कालो पत्रे गरिने छ । निर्माण हुने रिङ्ग रोड बलेटक्सार चौतारा हुदै बलेटक्सा सम्म जोडिने छ । निर्माण कार्य १८ महिनामा सम्पन्न गर्ने गरि राजेश्वरी कन्ट्रक्सनले ठेक्का प्राप्त गरेको छ ।