प्रभात माध्यमिक बिद्यालय रिब्दिकोट गाउँपालिका मैनादी पाल्पाले एसईईमा उत्तिर्ण बिध्यार्थीलाई सुभकामना तथा बधाई दिएको छ ।
असार ३१
रिब्दिकोट गाउँपालिका
प्रभात माध्यमिक बिद्यालय रिब्दिकोट गाउँपालिका मैनादी पाल्पाले एसईईमा उत्तिर्ण बिध्यार्थीलाई सुभकामना तथा बधाई दिएको छ ।
आज बिद्यालयमा एक समारोहको आयोेजना गरि प्रभात माध्यमिक बिद्यालयबाट एसईई परिक्षामा सहभागी भई सफल हुने बिध्यार्थीहरुलाई सम्मान तथा सुभकामना प्रदान गरिएको हो ।
कार्यक्रमा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले शैक्षिक क्षेत्रको बिकासको लागि सधै लागि पर्ने बताउनु भयो । उहाले पालिकामै उत्कृष्ठ हुन सफल भएकोमा बिध्यालय र बिध्यर्याीलाई बधाई तथा सुभकामना दिनु भएको थियो ।
प्रधानाध्यपक जनक आचार्यले बिद्यालयको र्शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमा वडा अध्यक्ष दान बहादुर कुँवर, शिक्षक अभिभावक संघका अध्यक्ष बेन बहादुर पुन,बिध्यालय ब्यवस्थापन समिति सदस्यहरु जगदिश कुँवर र इन्द्र बहादुर कुँवर सुभकामना मन्तब्य राख्नु भएको थियो ।
पालिका प्रथम भएका बिध्यार्थी निर्मल बिक, बिध्यार्थी प्रजित आचार्यले धन्यबाद दिएका थिए ।
बिद्यालय ब्यवस्थापन समिति एवं कार्यक्रमका अध्यक्ष डुल बहदुर कुँवरले सफल बिध्यार्थी र कार्यक्रममा सहभागी सबैलाई धन्यबाद दिदै, प्रभात माध्यमिक बिद्यादयले ग्रामिण भेगका क्षमतावान बिध्यर्थीलाई बाहिरका बिद्यालयमा अध्यनकै लागि जान नपर्ने अवस्थाको सृजना गरेको बताउनु भयो । उहाले समयको आवस्यक्ता बुझेर बिद्यालयले प्राबिधिक शिक्षा पनि संचालन गरेको र त्यसमा पनि उत्कृष्ठ नतिजा प्राप्त गरेको बताउनु भयो । उहाले शैक्षिक उपलब्धीको निरन्तरताको लागि शिक्षक,बिध्यार्थी,अभिभावक,गाउँपालिका सबैको रचनात्मक पहल सधै हुनु पर्ने बताउनु भयो ।
सोही अवसरमा त्रैमासिक परिक्षामा सफल बिध्यर्थी लाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा सहायक प्रधानाध्यापक डोलराज भट्टराईल स्वागत गर्नु भएको थियो । कार्यक्रम शिक्षक सुरेन्द्र पौड्यालले संचालन गर्नु भएको थियो । रब्दिकोट गाउँपालिकामा एसइईई परिक्षामा १३ वटा बिद्यालयका २ सय ४५ बिध्यार्थी सहभागी भएका थिए । प्रभात मा बि बाट ८ जना सहभागी भएका थिए । प्रभात मा बि बाट सहभागी भई पालिका प्रथम हुने बिध्यार्थी निर्मल बिकले ३.५५ जीपीए र दिव्तिय हुने पूणिमा बमरेलले ३.४५ जीपीए अंक प्राप्त गरेका छन ।