बिषालु च्याउ खादा बडिगाड ४ जल्जलामा २ जना बिरामी ।
तिलक मगर ।
बडिगाड ४ बाग्लुङ्ग ।
साउन १
बडिगाड गाउँपालिका वडा नं। ४ बाग्लुङ्गको जलजला सिरखर्कमा विषालु च्याउ खाँदा एकै घरका दुई जना सिकिस्त बिरामी परेका छन ।
शनिबार बेलुकी जंगलबाट ल्याएको च्याउ खादा उनीहरुमा टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने र बेहोस हुने समस्या देखिएको थियो ।
बिरामी परेका बर्ष ४० का कर्ण बहादुर सिंजाली र बर्ष ७६ कि तिला सिंजालिको ग्वालीचौर स्वास्थ्य चौकीमा उपचार गरिएको थियो ।
उनिहरु आमा छोरा हुन । उपचार पछि आमा तिला सिंजालीको स्वास्थ्यमा सुधार भएपनि कर्ण सिंजालिको स्वास्थ्यमा सुधार नभएपछि धौलागिरी अस्पताल बागलुङ रिफर गरिएको बडिगाड स्वास्थय शाखाले जनाएको छ ।
यस्तै बडिगाड ४ जल्जलाका वडाध्यक्ष मिलन रेश्मीले दुवै विरामीको अहिले स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको बताउनुभएको छ ।
बर्षायामको सिजनमा जंगलबाट ल्याएको च्याउ जथाभावी नखान बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखाले सम्पुर्ण नागरिकहरुलाइ अनुरोध समेत गरेको छ ।