बाँदर लखेट्न ज्यालादारीमा खेतारा ।
कृष्ण अन्जान
थानपती
साउन ५
हिउँदभरी रुरुक्षेत्र गाउँ पालिका वडा न ३ गौतमटोलका लेखनाथ गौतमका दिन बारिमा बाँदर लखेट्न मै बिते ।
बिहान देखि साँझ सम्म कहिले बारीको वल्लो टुप्पो कहिले दगुर्दै पल्लो टुप्पो गर्दा हैरान बनाए बाँदरका बगालले ।
बारीमा लगाएका काँक्रा ,अरु बेलापतेला पनि केहि राखेन सबै निमिट्यान्न पारे गाौतमले भने ।
यो समस्या के हिउँद के वर्षा बाह्रै महिना छ थोर्गामा ।
हिउँदमा तरकारी उँखु लगाएतका खोतिमा बाँदरले राईँदलो मच्चाउँछ भने वर्षा लागेपछि मकैखेतिमा सोत्र्यान पार्छ ।
बाँदरले हैरान पारेपछि पोहोरसाल रुरुक्षेत्र गाउँपालिका वडा न ३ ले दैनिक ज्यालादारीमा बाँदर धपाउने खेतारा नियुक्ति गरेपछि केही हदसम्म भएपनि बाँदरबाट खेति जोगाउन सकिएको थियो र यस वर्ष पनि रुरुक्षेत्र गाउँपालिका वडा न ३ थानपतीले वडामा बाँदर लखेट्न दैनिक ५ सय दिने गरि साउन र भदौ दुईमहिनाका लागि ४ जना खेतारा नियुक्त गरेको रुरुक्षेत्र गाउँ पालिका वडा न ३ का सचिव बालकृष्ण गौतमले जानकारी दिए ।
रुरुक्षेत्र गाउँपालिका वडा न ३ झमादि र वखलढुँगा क्षेत्रमा दधिराम सार्क,माझगाउँ ,खोरबारीपोखरा ,
ठाँटि स्यालपोखरी ,गौतमटोल फेकलदी क्षेत्रमा शेर बहादुर नेपाली ,सुनडाँडा ,बसन्त पोखरी ,मुसिडाँडा ,लोलेङ्गखोला क्षेत्रमा दिल बहादुर नेपाली र पानी टँकि क्षेत्रमा जीव बहादुर सोमैलाई बाँदर लखेट्न वडाले नियुक्ति गरेको छ ।
यसरी नियुक्ति गरिएका व्यक्ति हरु बिहानै देखि आफ्नो कार्यक्षेत्रमा खटिने छन र स्थानीय बासिन्दा सँग समन्वय गरेर बाँदर लखेट्ने काम गर्नेछन।
पछिल्लो चरणमा यो क्षेत्रमा दुईचार हुल बाँदर आउने र लखेट्न खोज्दा उल्टै झम्टिने गरेपछि स्थानीय बासिन्दा त्रसित छन ।
गाउँ पुरै जँगल पल्टिनु ,घर नजिक ठुला झाडि हुनु र जँगल बढ्नुको कारणले पनि बाँदर र ढेँडुवालाई आश्रय लिन सजिलो भएको छ ।