गए राती चट्याङ लागेर वडासदस्यको मृत्यु ।
साउन ५
गए राति परेको चट्याङ लागेर रोल्पाका एक जना जनप्रतिनिधिको मृत्यु भएको छ ।
रोल्पाको सुनछहरी गाउँपालिका–३ कुइपाधाराका ४९ वर्षीय वडासदस्य दिलबहादुर घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङ लागेको बताईएको छ । चट्याङ लागेर अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएको बताईएको छ।
पर्वतका दुई छुट्टाछुट्टै स्थानमा पनि गएराति परेको चट्याङ लागेरपाँच जना घाइते हुनाका साथै एक घरमा क्षति पुगेको छ ।