नेकपा एमाले छत्रकोेट गाउँपालिका गुल्मीले बिभिन्न कार्यक्रम गरि ४५ औं पुष्पलाल स्मृती दिवस मनाएको छ ।
छत्रकोेट गाउँपालिका
साउन ७
नेपाल कम्युनिष्ट पार्टी एमाले छत्रकोेट गाउँपालिका गुल्मीले बिभिन्न कार्यक्रम गरि ४५ औं पुष्पलाल स्मृती दिवस मनाएको छ ।
पार्टी कार्यालय भेडुवामा पुष्पलाल बिशेष अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी स्कुल बिभाग सदस्य शंभु ज्ञवालीले पुष्पलालको स्मृती बिशेष कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यपत्रमा पंचायती निरंकुशताको अन्त्यको लागि तत्कालिन राजनैतिक दलको संयुक्त जनआन्दोलनाको कार्यदिशा अगगाडी ल्याउने पुष्पलाल पहिलो ब्यक्ति भएको र सोही बिचारका कारण पार्टी भित्रै बाट गद्दारको रुपमा आलोचित हुनु परेको, पछि सोही बिचारका आधारमा लोकतन्त्र प्राप्त भएको उल्ययख गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश कमिटी सदस्य होमनाथ कडेलले एमालेले एकअर्कालाई सहयो गर्दै, एमाले नेतृत्वका सबै सरकारले भुई मान्छेका दैनिकी र समस्या समाधानको लागि प्रयास गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रम एवं एमाले पालिका अध्यक्ष पिताम्बर अर्यालले, पार्टीका माथी देखि तलसम्मका सदस्यले इमानदारिता पूवर्क आफ्नो जिम्मेवारी पूरा गरे एमाले पार्टी सधै सफल र अगाडी हुने बताउनु भयो ।
कार्यक्रमको सहजिकरण पार्टी सचिब यज्ञ बहादुर पाण्डेयले गर्नु भएको थियो । सोही अवसरमा भेडुवामा रहेको पोखरी सेरोफेरोमा फुलका बिरुवा र पल्लिकोटमा पिपलको बिरुवा रोपिएको थियो । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सल्लाहाकार नरपती काफ्ले,छत्रकोट इन्चार्ज बिष्णु पौड्याल, सह इन्चार्ज एवं गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय, जिल्ला कमिटी सदस्य एवं गाउपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली लगायतकका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।