पहिरो जाँदा गुल्मीमा तीन जना घाईते ।
कृष्ण अन्जान
साउन १४
सत्यवति गाउँपालिका
गुल्मी जिल्लाको सत्यवति गाउँपालिका वडा नं. २ चेहेमीमा कुलो बनाउने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर तिनजना महिला घाईते भएका छन ।
घाईते हुनेहरुमा सत्यवति २ चेहेमीकी ६८ वर्षिय भगवती कुँवर, ४६ वर्षिय लक्ष्मी दर्जी र ४२ वर्षिय प्रेमकला कुवँर रहेको र तिनै जनाको पाल्पा स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेको स्थानीय शेर बहादुर कुँवरले जानकारी दिए ।
घाईते मध्ये भगवती कुँवर र लक्ष्मी दर्जीको अवस्था सामान्य रहेपनि प्रेमकला कुँवरको ढाडमा चोट लागेकोले शनिवार राती नै अपरेशन गरिएको छ ।
गत साउन ८ गते राति परेको पानीले चेहेमी सिँचाइ आयोजनाको कुलो स्थानीय ढोके खण्डमा पहिरो झरि अवरुद्द भएपछि उपभोक्ता हरुले सिठेझारा गरि कुलो सुचारु गर्ने प्रयास गर्दा शनिवार अपरान्ह पहिरो झर्दा उनिहरुलाई कम्मर सम्म पुरेको र तत्काल उद्दार गरिएको थियो ।
गाउँभन्दा करिब सात किलोमिटर टाढा ठुलोलुम्पेकको शिरबाट बिक्रम सम्वत २०११ सालमा यो कुलो निर्माण गरि चेहेमी सिँचाइ गरिन्छ ।
यो कुलोबाट स्थानीय चेहेमी फाँटमा ७५ हेक्टर क्षेत्रमा सिँचाइ हुँदै आएका र स्थानीय १ सय ५० घरधुरी लाभान्वित भएका छन ।
कुलो पहिरो गएपछि भर्खर रोपेको धानखेति प्रभावित छ ।