कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते ।

 

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते ।
साउन ३१

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ।

गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न कक्षा १२ को अन्तिम परीक्षामा देशभरिबाट ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएकामा १ लाख ८२ हजार ननग्रेडेड भएको बताईएको छ।

बोर्डका अनुसार दुई विषयसम्म ननग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। एक विषयमा मात्र ननग्रेड आउनेको संख्या ७९ हजार ५८४ छ। करिब ४९ हजार विद्यार्थी भने २ भन्दा बढी विषयमा ननग्रेड भएका छन्।

देशभरका एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो।