छत्रकोट गाउँपालिकाका नागरिकले निःशुल्क रगत पाउने ।
भदौ २
छत्रकोट गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत प्राप्त हुने भएको छ । छत्रकोट गाउँपालिका र नेपाल नियमित रक्तदाता संघ बुटवल भैरहवाको संयुक्त पहलमा निःशुल्क रगत उपलब्ध गराईने भएको हो ।
गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय र नेपाल नियमित रक्तदाता संघका संयोजक प्रेम बहादुर सुनार (हुकुम) बिच हिजो बिभिन्न शर्त पालना गर्ने गरी संझौता भए पछि, छत्रकोट गाउँपालिकाका नागरिकले रुपन्देहिका बिभिन्न अस्पतालमा उपचारको क्रममा रगत आवस्यक परे निःशुल्क रगत पाउने भएका हुन ।
निःशुल्क रगतको सेवा लिनुपर्ने व्यक्तिले, गाउँपालिकाको नागरिक भएको प्रमाणित हुने परिचय पत्र, वा परिचय खुल्ने कागजात रक्तसंचार सेवामा पेश गरे सजिलै निःशुल्क रतग उपलव्ध हुनेछ । आपतकालिन अवस्थामा आकस्मीक रगत लिनुपर्ने आवस्थामा सम्बन्धित व्यक्तले अन्य कागजात पेश गर्न नसकेको अवस्थामा रगतको शुल्क नगद भुक्तानी गर्ने र पछि कागजात पेश गरेमा नगद फिर्ता हुने छ ।
यसको लागि रक्तसंचार सेवा बुटवल र भैरहवाको लागि छत्रकोट गाउँपालिका भित्र रगत संकलन कार्यमा पालिकाले सहयोग गनुपर्ने छ। त्यस्तै, गाउँपालिका भित्र रक्तदान उत्प्रेरणा कार्यक्रम आयोजना गर्ने ,सबै वडामा रक्तसंचार सेवाको प्राविधिक सहयोगमा वर्षको दुई पटक रक्त संकलन शिविर संचालन गर्नु पर्ने छ ।
गाउँपालिकावाट रक्तसंचार सेवा बुटवल र भैरहवाको प्रशासनिकका लागिे वार्षिक रुपमा एक लाख अनुदान रकम उपलब्ध गराउने शर्तमा उल्लेख गरिएको छ । यो सम्झौता २०८३ साल असार मसान्तसम्म लागू हुने पनि सम्झौतापत्रमा उल्लेख गरिएको छ।