रिता खनाल ,कपिलवस्तु
उद्योग ब्यापार संघ , कपिलवस्तु को दोस्रो साधारणसभा सम्पन्न भयको छ , हिजो सुक्रबार आफ्ना सदस्य रहेका सम्पुर्ण क्षेत्रहरूमा साधारणसभा का प्रस्ताव हरु उपर छलफल गरि आज प्रतिनिधि मुलक रुपमा आफ्नै सभाहल मा साधारणसभा सप्पन्न गरियको हो ।
नेपाल उद्योग ब्यापार महासंघ का केन्द्रिय महासचिव खेमनारायण पराजुली को प्रमुख आतिथ्यता , सचिबालय सदस्य तथा संरक्षक टोपनारायण बेल्बासे को बिशिस्ट आतित्यता , प्रदेश कमिटी सदस्य मनोज नेपाली , गोरिराज पौडेल , कृष्ण बहादुर कलवार , रेवता पौडेल , भरत पोख्रेल , सल्लाहकारहरु अर्जुन पोख्रेल , अर्जुन सापकोटा , राम प्रसाद गैरे , प्रेस सल्लाहकार डिला भुसाल बित्त सल्लाहकार प्रेमराज घिमिरे , कानुनी सल्लाहकार मीन प्रसाद पोख्रेल को आतिथ्यता रहेको कार्यक्रम मा महिला उपाध्यक्ष गिता पौडेल को स्वागत मन्तव्य , अर्जुन पोख्रेल , रेवता पौडेल , निबर्तमान अध्यक्ष हुमनाथ पौडेल , टोपनारायण बेलबासे तथा खेम नारायण पराजुली ले शुभकामना मन्तव्य राख्नु भयको थियो ।
साधारणसभा ले अध्यक्ष को भाबी नीति तथा कार्यक्रम , महासचिव को बार्सिक प्रगती प्रतिबेदन , कोषाध्यक्ष को आर्थिक प्रतिबेदन सर्बसहमत पारित गरेको छ , त्यसैगरी बिधान सम्सोधन प्रस्ताव , प्रथम कपिलवस्तु ब्यापार मेला एबम कृषि , पर्यटन तथा औद्योगिक पर्दर्शनि २०८० , बैठक कार्यबिधी कार्यान्वयन एबम सदस्य राहत कार्यबिधी अनुमोदन गरेको छ ।
त्यसैगरी तत्काल आबस्यक कार्यबिधी , नीति नियम देखियमा कार्यसमिति ले पारित गरि लागू गर्न सक्ने , लेखापरिक्षण को लागि लेखापरीक्षक को नियुक्ति कार्यसमिति ले गर्न सक्ने निर्णय समेत साधारणसभा ले गरेको छ ।
सस्था स्थापना को १४ महिना मै सस्था ले रास्ट्रीय स्तरमा समेत चर्चा पाउनु , भारत मा समेत सस्थाको बारेमा जानकारी गराउदै कपिलवस्तु मा लगानी को बाताबरण बनाउन पहल गरिरहेको जानकारी गराउदै सस्थालाइ यो अवस्था सम्म ल्याइपुर्याउन प्रत्यक्ष / अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्ण मा धन्यवाद एबम आभार सहित सदैब साथ सहयोग र सहकार्य को सुभेक्षा साधारणसभा को अध्यक्षता गरिरहनु भयका उद्योग ब्यापार संघ , कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल ले राखेको बताउनु भयेको कार्यक्रम को संचालन महासचिव बासुदेब खनाल ले गर्नु भयको थियो ।