व्यवसायी दुर्गा प्रसाईं र युवासंघले काठमाडौंमा प्रदर्शन गर्दै ।
मंसिर ७
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज काठमाडौंमा प्रदर्शन गर्दै छन् । प्रसाईंको प्रदर्शनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकटको राष्ट्रिय युवासंघ नेपालले समेत प्रदर्शन गर्दै छ । प्रसाईंले अहिलेको व्यवस्था असफल भइसकेकाले राजतन्त्रको स्थापनाका लागि भन्दै प्रदर्शन गर्दै छन् । उता, युवासंघले गणतान्त्रिक व्यवस्थाको रक्षाका लागि भन्दै प्रदर्शन गर्दै छ ।
प्रसाईंको माग र आन्दोलनबाट तर्सिएका प्रमुख दलका शीर्ष नेता अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र नभएको निष्कर्षमा पुगेका छन् । उनीहरू जसरी पनि प्रसाईंको आन्दोलन नियन्त्रण गर्ने पक्षमा देखिएका छन् । तर, प्रसाईं भने आन्दोलनकै भरमा राजतन्त्र स्थापना गर्ने रणनीतिसहित सडक संघर्षमा उत्रेका छन् ।
प्रसाईंको आन्दोलन असफल बनाउने शीर्ष नेताहरूको निष्कर्ष !
संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई नै चुनौती दिँदै आन्दोलनकै भरमा राजतन्त्र फर्काउने भन्दै आन्दोलनमा उत्रिएका दुर्गा प्रसाईंको आन्दोलन जसरी पनि असफल बनाउनुपर्ने निष्कर्षमा प्रमुख दलका शीर्ष नेताहरू पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीले यस ’दयगतमा गोप्य छलफल गरेका छन् । प्रसाईंको आन्दोलनविरुद्ध एकैठाउँमा उभिएका यी नेताहरू उनको आन्दोलन जसरी पनि असफल बनाउनेगरी सरकार अगाडि बढ्नुपर्ने सुझावसमेत दिएका छन् ।
प्रसाईंले आन्दोलन घोषणा गरेपछि निरन्तर संवाद र भेटघाटमा जुटेका शीर्ष नेताहरू प्रसाईंको आन्दोलनलाई असफल बनाउनुपर्नेमा सहमत छन् । शीर्ष तीन नेताका बीचमा प्रसाईंको आन्दोलनलाई कसरी नियन्त्रण गर्ने ’दयगतमा दिनहुँ घण्टौं छलफल भइरहेको स्रोतको दाबी छ ।
गणतन्त्र नै फाल्ने र राजतन्त्र स्थापना गर्ने उद्घोषसहित प्रसाईंले ‘करोडौ खर्चेर’ काठमाडौंमा ‘लाखौं मान्छे उतार्ने’ दाबी गरेका छन् । आज ७ मंसिरमा हुने भनिएको कार्यक्रमका लागि काठमाडौंका अधिकांश होटल उनले बुक गरिसकेका छन् ।
‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ नाम दिइएको कार्यक्रमका लागि प्रसाईंले मुलुकभरबाट काठमाडौंमा लाखौं मान्छे जम्मा पार्ने दाबी गरेका छन् ।
सोही दिन एमालेनिकटको राष्ट्रिय युवासंघले समेत शक्ति प्रदर्शन गर्न लागेको छ । दुवै पक्षको प्रदर्शनलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रमका लागि दुवै पक्षलाई ठाउँ तोकिदिएको छ । दुवैले रोजेको माइतीघर ‘कुरुक्षेत्र’ हुनसक्ने भएकाले प्रशासनले सो क्षेत्रमा ३० मंसिरसम्म ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । साथै प्रसाईं पक्षलाई बल्खु र युवासंघ पक्षलाई तीनकुनेमा आन्दोलनका लागि ठाउँ तोकिएको छ ।
एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका प्रसाईंको सम्बन्ध प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग बिग्रिएपछि राजतन्त्रको पक्षमा उभिएका छन् । प्रचण्ड र ओलीसँग विगतमा राम्रो सम्बन्ध भएका प्रसाईंले पछिल्लो समय दुवै नेतालाई सार्वजनिक रूपमै आलोचना गर्दै पूर्वराजाको वकालत गर्दै आएका छन् ।
१ फागुन २०७९ देखि प्रसाईंले ‘नागरिक बचाऊ अभियान’ थालेका थिए । प्रसाईं र युवासंघका इन्चार्ज महेश बस्नेतले एकअर्काको विरोध गर्दै प्रदर्शन गर्ने दिन र ठाउँ जुधाएर राख्न थालेपछि सरकार, प्रशासनका साथै धेरैको ध्यान तानेको छ ।
झापासहित कतिपय जिल्लामा जनस्तरमा पनि प्रसाईंले राम्रो समर्थन बटुलेको देखिन्छ । जम्माजम्मी आठ महिनामा प्रसाईंले यत्रो शक्ति कसरी आर्जन, सञ्चय गरे रु उनको पछाडि को छ रु धेरैमा यस्तो जिज्ञासा छ । ओलीनिकट मानिने बस्नेतसँगसमेत प्रसाईंको विगतमा राम्रो दोस्ती थियो । ओली, बस्नेत दुवैसँग प्रसाईंको सम्बन्ध पछिल्लो समय बिग्रिएको उनीहरूको गतिविधिबाटै पुष्टि हुन्छ । विगतमा गणतन्त्रवादी रहेका प्रसाईं उनीहरूसँगको सम्बन्ध बिग्रिएकै कारण राजावादी बनेको कतिपयको बुझाइ छ ।