छत्रकोट गाउँपालिकाले धनमालमा क्षती भएकालाई राहत रकम दिने,बिद्यालयमा भुकम्प सचेतना कार्यक्रम संचालन गर्ने ।
मंसिर ७
छत्रकोट गाउँपालिका गुल्मीले बिभिन्न प्रकोपमा घरगोठ धनमालमा क्षती भएकालाई राहत रकम दिने भएको छ ।
गाउँपालिकाको बिपद ब्यवस्थापन कोष मार्फत वडा नं. ६ दौघामा घरमा आगलागी भएको १ परिवार,वडा नं. १ हुँगामा बर्षाका कारण घर भत्किएका १ परिवार र वडा नं. ३ हर्दिनेटामा गोठमा आगलागी भएका १ परिवार लाई रु बिस हजारका दरले राहत रकम दिने भएको हो ।
यस्तै कक्षा ८ भन्दा माथी कक्षा संचालन भएका बिद्यालयमा भुकम्प सचेतना कार्यक्रम संचालन गरिने भएको छ । पछिल्लो समय भुकम्पको धक्का बारमबार महसुस गरिएको र भुकम्पका बिषयमा बिभिन्न अफवाहा फैलिएकोले सहि सुचना र जानकारिको लागि सचेतना कार्यक्रम संचालन गरिने प्रमुख प्रसासकिय अधिकृत बिर बहादुर पुनले बताउनु भयो ।
बिहिबार पालिकामा बसेको, छत्रकोट गाउँपालिका बिपद ब्यवस्थापन कोष संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
छत्रकोट गाउँपालिका बिपद ब्यवस्थापन कार्यबिधी अनुसार, प्राप्त निबेदन र प्रहरी मुचुल्का अनुसार राहत दिन लागिएको गाउँपालिका एवं कोषका अध्यक्ष राम प्रसाद पाण्डेयले बताउनु भयो ।