इजरायल आक्रमण पछि अपहरणमा परेका सबै हमास संग नभएको हमासको भनाई ।
मंसिर १२
हमासले सबै अपहरणमा परेकाहरू आफूसँग नभएको दाबी गरेको छ । केही अपहरणका बन्दीहरू हमासजस्तै अरू समूहसँग रहेको हमासको उच्च स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
कतारस्थित हमासको उच्च स्रोतका अनुसार केही अपहरणका बन्दीहरू प्यालेस्टिनियन इस्लामिक जिहादसहित अरू ससाना समूहसँग रहेको बीबीसीको दाबी छ । अरू समूहसँग रहेका अपहरणका बन्दीहरूमध्ये २० जनालाई भेटाउन सफल भएको हमासले जनाएको छ । जस मध्ये आज १० जनालाई हमासले छाड्ने छ ।चारदिने युद्धविरामपछि थप दुई दिनका लागि युद्धविराम गरिएको छ ।
हमासले हालसम्म ६९ जना बन्दीलाई छाडिसकेको छ । उता इजरायलले १५० बन्दी छाडेको छ ।