आलु र प्याजको बिक्रीमा मूल्य भ्याट नलाग्ने ।
मंसिर २२
आन्तरिक राजश्व विभागले स्वदेशकै उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने बताएको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै थोक व्यवसायीले चार दिनदेखि हड्ताल गर्दै आएका छन् । आज विभागले एक विज्ञप्ति निकालेर आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा भ्याट नलाग्ने भन्दै आपूर्ति असहज बनाएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
चालु आर्थिक वर्षको बजेटमा आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने उल्यख छ । आलु र प्याजको भ्याट विवादले आयात र बिक्री बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् ।
व्यवसायीले सरकारले स्वदेशी उत्पादनमा समेत भ्याट लगाएको दाबी गरेर हड्तालमा उत्रिएका हुन । नेपालमा देशभित्र उत्पादन भएको बाहेक भारतबाट प्याज र बंगलादेशबाट आलु आयात हुन्छ ।