आजको मौसम
मंसिर २३
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
आज शनिबार बिहानसम्म देशको पहाडी भू भागमा आंशिक बदली तथा देशका बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्स तथा कुहिरो लागेको छ ।
आज दिउँसो देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।