फागुन ६
छत्रकोट गाउँपालिका वडा नं. ४ दिगामका पूर्व वडाध्यक्ष एवं श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको ब्यवस्थापन समितिका पूर्व अध्यक्ष डिलाराम न्यौपानेले श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्दलाई ३ हजार थान मास्क प्रदान गर्नु भएको छ ।
श्रृङ्गाृ प्राथमिक स्वास्थ्य केन्दमा दैनिक सेवा प्रवाहमा सर्जिकल माक्स आवस्यक रहेकोले मास्क प्रदान गर्नु भएको हो । मास्क हस्तान्त्रण गर्दै पूर्व वडाध्यक्ष न्यौपानेले प्राथमिक स्वास्थ्य केन्द्रको गुणस्तरिय सेवाप्रवाहमा सबैको साथ सहयो हुनु पर्ने भएकोले सहयोग स्वरुप ३ हजार थान मास्क प्रदान गरेको बताउनु भयो ।
श्रृङ्गाृ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर बिबेक बिराट खनालले माक्स ग्रहण गर्दै, स्वास्थ्य केन्द्रलाई सामाग्री सहयोग गर्नु पनि सेवा भएको बताउनु भयो । उहाले पूर्व वडाध्यक्ष न्यौपाने लाई धन्यबाद दिनु भएको थियो ।
