फागुन ११
पाल्पा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाको कार्यसम्पादन कमजोर देखिएको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा पाल्पाका पालिकाहरु कमजोर देखिएका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार रिब्दीकोट गाउँपालिकाले जिल्लामा सबैभन्दा बढी ३८.०९ अंक प्राप्त गरेको छ । रामपुर नगरपालिकाले २६.६७, पुर्वखोला गाउँपालिकाले २१.१६, रम्भा गाउँपालिकाले ३२.२३, बगनासकाली गाउँपालिकाले २९.४५ अंकभार प्राप्त गरेका छन् । त्यस्तै तानसेन नगरपालिकाले ३०.१०, रैनादेवी छहरा गाउँपालिकाले ३६.३८, तिनाउ गाउँपालिकाले ३०.५८, माथागढी गाउँपालिकाले ३६.५४ र निस्दी गाउँपालिकाले ३२.४३ अंक प्राप्त गरेको आयोगले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गर्दै आएको छ । जसमा असार १० भित्र बजेट पेस गरेरनगरेको, असार मसान्तभित्र बजेट पारित गरेरनगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेरनगरेको सूचक रहेका छन् ।
यसैगरी बजेटको वर्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेको, विनियोजित रकमअनुसार खर्चको व्यवस्था पनि सूचकमा छ । बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरेरनगरेको जस्ता सूचकहरुका आधार मूल्यांकन गर्ने गर्छ ।
आवधिक योजना तर्जुमा गरेरनगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्नादर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशतको पनि मूल्यांकन गर्ने गर्छ ।