फागुन १७
गोठमा आगलागी हुँदा मानिस र चौपाया घाइते भएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४ रिपका नारायण पोख्रेलको गोठमा आगलागी हुँदा स्थानीय सीता बिक र गोठमा रहेका दुईटा पाडा र भैसि पोलिएर घाइते भएका छन।
आज बिहान करिब १०: ३० बजे कुडो पकाउने चुलोमा रहेको आगो सल्किएर आगो लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगो निभाउने क्रममा विकको बाँया गालामा सामान्य पोलेर घाईते भएको र उनको स्थानीय अस्पतालमा ऊपचार भएको र अवस्था मध्यम रहेको बताईएको छ । गोठ पुर्णरुपमा क्षती भएको र घरको पाली समेत जलेको छ ।
स्थानियको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । उक्त आगलागी बाट करिब चार लाख बराबरको क्षती भएको र अन्य विवरण पछि आउने प्रहरीले जनाएको छ ।