फागुन १८
बिदेश अध्यन गर्न जानेको आकर्षणमा जापान बनेको छ । पछिल्लो एक महिनाको तथ्यांक अनुसार सबैभन्दा बढी विद्यार्थीले जापानमा अध्ययनका लागि एनओसी लिएका छन् ।
अझ पछिल्लो केही दिन जापानका लागि एनओसी लिनेको संख्या बढेको देखिन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयका अनुसार फागुन १ देखि १७ गतेसम्म जापानका लागि तीन हजार ६८ जनाले एनओसी लिएका छन् ।
दैनिक ६ सय हाराहारीले एनओसीको फारम भर्ने गरेकोमा पछिल्लो केही दिनयता एक हजारभन्दा बढीले एनओसी एप्लाई गरेका छन्,हिजो सम्म एनओसी कार्यालयमा करिब १० हजार एनओसी एप्लिकेसन पेन्डिङमा छन् ।
यस अघी करिब एक महिना सम्म क्यानडाका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिने विद्यार्थीको संख्या धेरै थियो थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयका अनुसार फागुन १ देखि १७ गतेसम्म बिभिन्न देशमा गरि चार हजार ६ सय १४ जनाले एनओसी लिएका छन् ।