फागुन १८
ट्रिप्परले बोलेरो गाडीलाई ठक्कर दिदा मोरङको बेलबारीमा तीनजनाको मृत्यु भएको छ ।
तीव्र गतिको ट्रिप्परले बोलेरो गाडीलाई ठक्कर दिएपछि बोलेर उछिट्टिएर बसमा ठोक्किँदा बोलेरोमा सवार तीनजनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बोलेरोमा सवार पाँच जनामध्ये कोशी अस्पताल पुर्याइएका तीनजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। दुईजनाको उपचार भइरहेको छ। मृत्यु हुने र घाइतेको परिचय खुलिसकेको छैन ।
मे १ झ २८५६ नम्बरको बोलेरो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका टिपरले ठक्कर दिएपछि बोलेर उछिट्टिएर प्रदेश ३ क ००१ ख २७१८ नम्बरको बसमा ठोक्किएको प्रहरीले जनाएको छ।